newskoseli.Com

उम्मेदवारी दर्ता : ओली र प्रचण्डको तामझामपूर्ण, देउवाको चाहिँ वारेसमार्फत !

२१ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणको चुनावका लागि बिहीबार सम्पन्न उम्मेदवारी दर्ता रोमाञ्चक देखियो ।

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम गठबन्धनका नेता–कार्यकर्ताको संयुक्त जुलुससहित तामझामका साथ उम्मेदवारी दर्ता गराए । ओली झापा– ५ र दाहाल चितवन– ३ बाट उम्मेदवार बनेका छन् ।

तर, कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भने आफ्नो उम्मेदवारी दर्ताका क्राममा उपस्थित नै भएनन् । उनले चाहिँ वारेसमार्फत गृहजिल्ला डडेल्धुरामा उम्मेदवारी दर्ता गराए । देउवाले कांग्रेसका स्थानीय नेता गणेशदत्त पन्तलाई वारेसनामा दिएर उम्मेदवारी दर्ताका लागि पठाए ।

सरकारी काम र पार्टीको बैठकका कारण देउवा उम्मेदवारी दर्ताका लागि गृहजिल्ला जान नसकेको देउवाको सचिवालयले जनाएको खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर