newskoseli.Com

एकीकरणपछि दाहालले भने– अब हामीले चमत्कार गर्छौं

‘नेकपा माओवादी केन्द्र’ का अध्यक्ष पुष्पकमल दाहालले केही महिनाभित्रै माओवादीले चकात्कार गरेर देखाउने बताएका छन् । बिहीबार राजधानीकाे बबरमहलस्थित कार्की पार्टी प्यालेसमा एमाओवादीसहित १० वटा माओवादी घटकहरूबीचको एकता घोषणा सभामा बोल्दै अध्यक्ष दाहालले यस्ताे दावी गरेका हुन् ।

एकीकरण समारोहलाई सम्बोधन गर्दै दाहालले भने– ‘केही महिनाभित्रै हामीले चमत्कार गरेर देखाउँछौं, माअाेवादीलार्इ देशकै पहिलो पार्टी बनाउने दिशातर्फ आजैदेखि लाग्छौं ।’

पराजयका दिन सकिए, विजयका दिन सुरू भए

उनले अब माओवादी पराजयका दिन सकिएको भन्दै जनताको विजयका दिन सुरु भएको बताए । ‘४ –५ वर्षसम्म माओवादी फुट्दा सहिद–बेपत्ता परिवारको मन भाँचिएको थियो’, उनले भने, ‘अब माओवादीको पराजयका दिन सकिए, जनतको विजयका दिन सुरु भए ।’

याे एकता माओवादीहरुको एकता मात्र नभई सच्चा कम्युनिस्टहरुको र राष्ट्रिय एकता पनि भएको उनले बताए । यो एकता वृहत् शान्ति सम्झौताअनुसार सत्यनिरुपणको काम गर्ने सुनिश्चितता भएको समेत उनले दाबी गरे । अध्यक्ष दाहालले भने– ‘माओवादीलाई कमजोर पारेपछि राजतन्त्र फर्काउन सकिन्छ भनी सपना देखेकाहरुको मृत्युको दिन सुरु भयो ।’

दाहालले यो वर्षको अन्त्यसम्म पार्टीको महाधिवेशन गर्ने र कार्यदिशालाई विकसित गर्दै जाने बताए । पूरै विजयी नभएको तर विजयकाे सुरुअात भएको भन्दै उनले सडक, सदन र सरकारबाट संघर्ष गर्ने बताए ।

‘६ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाइएको छ, सबैलाई गाउँगाउँमा परिचालन गरिनेछ’, अध्यक्ष दाहालले थपे– ‘स्थानीय र प्रादेशिक निर्वाचनमा पहिलो शक्ति बन्नबाट अब हामीलार्इ कसैले रोक्न सक्दैन ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर