newskoseli.Com

झन्डै १० लाख मत गन्दा समानुपातिकमा कसको कति ?

मंसिर १० र २१ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्दा देभर समानुपातिकतर्फको मतगणना जारी छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ अहिलेसम्म ९ लाख ६९ हजार ८ सय १६ मत गणना हुँदा नेकपा यता पनि (एमाले) ले नै अग्रता लिएको छ । प्रत्यक्षतर्फ निकै पछाडि परेको नेपाली कांग्रेसले समानुपातिकमा भने एमालेलाई पछ्याइरहेको छ ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार एमालेले हालसम्म ३ लाख ४२ लाख ९ सय ६७ मत ल्याएको छ । त्यसैगरी नेपाली कांग्रेसले ३ लाख ३९ हजार ४ सय ३४ मत पाएको छ ।

१ लाख ६९ हजार २ सय ७ मतका साथ नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ ।

यसैगरी, राष्ट्रिय जनता पार्टी नेपालले २४ हजार ९ सय ४२, विवेकशील साझाले १७ हजार १ सय ७३, राप्रपाले १४ हजार २ सय १३, फोरम नेपालले १४ हजार २ सय १३, नयाँ शक्ति पार्टी नेपालले १२ हजार ६ सय १९, राप्रपा प्रजातान्त्रिकले ७ हजार ४ सय ८० र राष्ट्रिय जनमोर्चाले ५ हजार ७ सय ५८ मत पाएका छन् ।

पछिल्लो मतपरिणाम (अपडेट) हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्–

समानुपातिकको मतगणना : झन्डै २१ लाख गनिसक्दा कसको कति ?

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर