newskoseli.Com

समानुपातिकको मतगणना : झन्डै २१ लाख गनिसक्दा कसको कति ?

सोमबार मध्यरातसम्म प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ २० लाख ६४ हजार ५ सय ८१ मतगणना भइसकेको छ । यति बेलासम्मको मतगणनामा नेकपा (एमाले) ले नै सबैभन्दा बढी मत पाएको छ, एमालेलार्इ नेपाली कांग्रेसले पछ्याइरहेको छ ।

हालसम्मको परिणाम अनुसार एमालेले ७ लाख ५४ हजार ७ सय २७ मत पाएको छ भने कांग्रेसले ७ लाख १६ हजार ९ सय १९ मत ल्याएको छ । कांग्रेसले एमालेभन्दा ३७ हजार ८ सय कम मत पाएको हो ।

तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) ले ३ लाख १८ हजार ५ सय ८४ मत पाएको छ । संघीय समाजवादी फोरम ४५ हजार ८ सय २३ मतसहित चौथो स्थानमा छ भने ४३ हजार ६ सय ९० मतसहित विवेकशील साझा पाँचौं स्थानमा छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ४१ हजार ५ सय ४१ मत पाएको छ । त्यसैगरी, राष्ट्रिय जनता पार्टीले ३१ हजार ३ सय ५५ मत पाएको छ । डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले २८ हजार ३ सय ७१ मत पाएको छ ।

मंसिर १० र २१ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा १ करोड २२ लाख मत खसेको निर्वाचन आयोगले जनाएको छ । कुनै पार्टीबाट समानुपातिकतर्फ सांसद चुनिन सो पार्टीले कूल सदर मतको कम्तिमा ३ प्रतिशत पाउनुपर्ने कानुनी व्यवस्था छ ।

पछिल्लो मतपरिणाम (अपडेट) हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्–

समानुपातिक अपडेट : साढे २५ लाख गनिसक्दा कसको कति ?

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर