प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन– २०७४ अन्तर्गत समानुपातिकतर्फको ६० जिल्लाको मतगणना सकिएको छ । बाँकी १७ जिल्लामा मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार हालसम्म ७६ लाख ८४ हजार ३ सय २८ मतगणना सम्पन्न भएको छ ।
मतपरिणाम अनुसार नेकपा (एमाले) ले २६ लाख ३१ हजार ९ सय ९१, नेपाली कांग्रेसले २५ लाख ४६ हजार ६९ र नेकपा (माओवादी केन्द्र) ले १० लाख ४५ हजार ४ सय ४६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी संघीय समाजवादी फोरम नेपालले ३ लाख ५१ हजार ५ सय २५, राष्ट्रिय जनता पार्टी नेपालले २ लाख ९५ हजार ४ सय ४८, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ७५ हजार ५ सय ९० र विवेकशील साझा पार्टीले १ लाख ७३ हजार ७ सय ९७ मत पाएका छन् ।
त्यस्तै, नयाँ शक्ति पार्टी नेपालले ६९ हजार २ सय ४१, राष्ट्रिय प्रजातान्त्र पार्टी (प्रजातान्त्रिक) ले ६३ हजार ८ सय ९२, नेपाल मजदुर किसान पार्टी ५० हजार ४ सय १ र अन्य अन्य दलले २ लाख ८० हजार ८२६ मत प्राप्त गरेका छन् । अब प्रदेश १ को सुनसरी, प्रदेशमा २ का धनुषा, सप्तरी, सर्लाही र महोत्तरी, प्रदेश ३ का काठमाडौं र चितवन, प्रदेश ४ को स्याङ्जा, प्रदेश ५ का अर्घाखाँची र प्युठान, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ का कैलाली, कञ्चनपुर र डोटीमा मतगणना जारी छ ।
पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यको मतगणना भने बुधबारै सम्पन्न भइसकेको जानकारी आयोगका प्रवक्ता नवराज ढकालले दिएका छन् ।
पछिल्लो अपडेटका लागि तलको लिंकमा क्लिक गर्नुहोस्–
७३ जिल्लाको समानुपातिक नतिजा : कसले कति पाए ?