newskoseli.Com

७३ जिल्लाको समानुपातिक नतिजा : कसले कति पाए ?

मंसिर १० र २१ मा सम्पन्न भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।

निर्वाचन आयोगका अनुसार शुक्रबार बिहानसम्म ७३ जिल्लाको मतगणना सकिएको छ । र, यस बेलासम्म ८८ लाख ३५ हजार ८ सय ६८ मतगणना भइसकेको छ ।

प्राप्त पछिल्लो परिणामअनुसार नेकपा (एमाले) ले २९ लाख ९७ हजार १ सय ३०, नेपाली कांग्रेसले २९ लाख ९ हजार २ सय ९३ र नेकपा (माओवादी केन्द्र) ले १२ लाख २ हजार ३२ मत पाएका छन् ।

त्यसैगरी संघीय समाजवादी फोरमले ४ लाख २१ हजार ५ सय २८, राष्ट्रिय जनता पार्टीले ३ लाख ८३ हजार ७ सय ६ र विवेकशील साझा पार्टीले १ लाख ९९ हजार ५३ मत पाएका छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ८९ हजार २ सय ८०, राष्ट्रिय प्रजातान्त्र पार्टी (प्रजातान्त्रिक) ले ८३ हजार १ सय ४३, नयाँ शक्ति पार्टी नेपालले ७६ हजार १ सय ९४ र नेपाल मजदुर किसान पार्टीले ५२ हजार मत पाएका छन् ।

पछिल्लो नतिजा हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्–
समानुपातिक अपडेट (शनिबारसम्म): कसले कति पाए ?

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर