newskoseli.Com

समानुपातिक अपडेट (शनिबारसम्म) : कसले कति पाए ?

मंसिर १० र २१ मा सम्पन्न भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगिसके पनि अझै केही मतगणना बाँकी छ ।

हालसम्म ९३ लाख ७२ हजार ५ सय ४४ मतगणना सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन् ।

उनका अनुसार  अनुसार ७५ जिल्लाको मतगणना सकिएको छ । अब सुनसरीको क्षेत्र नं. ३ तथा सर्लाहीका क्षेत्र नं. २, ३ र ४ को मात्रै मत गन्न बाँकी छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म नेकपा (एमाले) ले ३१ लाख ३० हजार ४ सय २९, नेपाली कांग्रेसले ३० लाख ६८ हजार ३ सय २४ र नेकपा (माओवादी केन्द्र) ले १२ लाख ७४ हजार ५ सय ४४ मत पाएका छन् ।

त्यसैगरी संघीय समाजवादी फोरमले ४ लाख ५९ हजार ५ सय ९९, राष्ट्रिय जनता पार्टीले ४ लाख ४७ हजार ८ सय ७९ र विवेकशील साझा पार्टीले २ लाख ११ हजार ५ सय १७ मत पाएका छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ९३ हजार ९ सय ५५, राष्ट्रिय प्रजातान्त्र पार्टी (प्रजातान्त्रिक) ले ८७ हजार ५ सय ३३, नयाँ शक्ति पार्टी नेपालले ८० हजार ७ सय ४२, राष्ट्रिय जनमोर्चाले ६२ हजार ४५ र नेपाल मजदुर किसान पार्टीले ५२ हजार मत पाएका छन् ।

पछिल्लो परिणाम हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्–
समानुपातिक मतपरिणाम : १ क्षेत्रको बाँकी रहँदा कसको कति ?

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर