newskoseli.Com

समानुपातिक मतपरिणाम : १ क्षेत्रको बाँकी रहँदा कसको कति ?

मंसिर १० र २१ मा सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको नतिजा स्पष्ट भइसके तापनि अन्तिम परिणाम भने घोषणा हुन बाँकी नै छ । सर्लाहीको एउटा क्षेत्रको मात्रै गणना बाँकी भएकाले अन्तिम परिणाम घोषणा रोकिएको हो ।

आयोगका अनुसार चिसोका कारण शनिबार रोकिएको सर्लाहीको मतगणना आइतबार बिहानैदेखि सुरू भएको छ । प्रत्यक्षतर्फको गणना बुधबार नै सकाएको आयोगले सर्लाहीको गणना सकिएलगत्तै समानुपातिकतर्फको अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

मतगणनाको पछिल्लो परिणामअनुसार नेकपा (एमाले) प्रतिस्पर्धी नेपाली कांग्रेसभन्दा ४९ हजार ६ सय ५२ मतको अन्तरले अगाडि छ । हालसम्म नेकपा (एमाले) ले ३१ लाख ६१ हजार २ सय ९५ मत पाएको छ भने नेपाली कांग्रेसले ३१ लाख ११ हजार ६ सय ४३ मतका साथ एमालेलाई पछ्याइरहेको छ । नेकपा (माओवादी केन्द्र) ले भने १२ लाख ९५ हजार ९ सय ३ मत पाएको छ ।

त्यसैगरी, समानुपातिकतर्फको मतगणनामा सुरूदेखि नै राजपाभन्दा अग्रता हासिल गरेको संघीय समाजवादी फोरम झिनो मतान्तरले पछि परेको छ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले ४ लाख ७० हजार ४ सय ८६ मत पाएको छ भने फोरमले ४ लाख ६९ हजार ४ सय ६१ मत पाएको छ । विवेकशील साझा पार्टीले २ लाख १२ हजार २ सय ९३ पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ९६ हजार १ सय ९० मत पाएको छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ भाग लिएका ४९ राजनीतिक दलमध्ये हाम्रो पार्टीले सबैभन्दा कम मत (हालसम्म ४ सय २६ मत मात्रै) प्राप्त गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा करिव १ करोड ५ लाख मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

समानुपातिकको अन्तिम परिणाम हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्–
समानुपातिकको अन्तिम परिणाम : ४९ दलमध्ये कसले कति पाए ? (मत र प्रतिशत)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर