newskoseli.Com

परीक्षाअघि नै प्रश्नपत्र आउट : पूर्वाञ्चल विश्वविद्यालयमा तोडफोड

पूर्वाञ्चल विश्वविद्यालयको मोरङ गोठगाउँमा रहेको कार्यालयमा बिहीबार विद्यार्थीले तोडफोड गरेका छन् ।

परीक्षा हुनुभन्दा अगाडि नै प्रश्नपत्र बाहिर आएको भन्दै आक्रोशित विद्यार्थीले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत जीपी कोइराला कलेज (कृषि संकायको कार्यालय) गोठगाउँमा तोडफोड गरेका हुन् ।

तोडफोडबाट कार्यालयको झ्यालका शिशा फुट्नुका साथै क्याम्पस प्रमुखको कुर्सी समेत जलेको छ । विद्यार्थीहरुले परीक्षा रद्ध गरी पुनः गर्नुपर्ने माग गरेका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयले बुधबार लिएको ‘एग्रो मेट्रोलोजी एन्ड क्लाइमेट चेन्ज’ विषयको परीक्षाको प्रश्नपत्र समय नहुँदै बाहिर आएको भन्दै विद्यार्थीहरुले पुनः परीक्षाको माग गरेका हुन् । पुनः परीक्षा गराउने विषयमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति, डिनलगायतसँग वार्ता नभएसम्म आन्दोलन नरोकिने उनीहरुको भनाइ छ ।

प्रश्नपत्र बाहिरिएको विषयमा सत्यतथ्य पत्ता लगाउन विश्वविद्यालयले आन्तरिक रुपमा अनुसन्धान सुरु गरेको क्याम्पस प्रमुख अजयकुमार साहले बताए । उक्त संकायमा ४७ जना विद्यार्थी अध्ययनरत छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर