newskoseli.Com

आगलागीबाट सात घर जलेर नष्ट

सल्यानको काप्रेचौर–३ सालडाँडामा आज विहान ११ बजेदेखि जंगलबाट सुरु भएको आगलागी साँझ ६ बजेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।

आगलागीबाट ७ घर जलेर नष्ट भएका छन् । नजिकैको जङ्गलमा लागेको आगो वस्तीमा पसेपछि घर जलेको स्थानीय टेकराज पुलामीले जानकारी दिए ।

आगलागीबाट तिलाराम झेडी, जीतबहादुर आले, कविराम झेडी, रणबहादुर झेडी, वीरबहादुर झेडी, मुमबहादुर झेडीको घर जलेर नष्ट भएको पुलामीले जानकारी दिए ।

स्थानीयहरूले आगो निभाउन प्रयास गरेको भएपनि हालसम्म आगो नियन्त्रणमा नआएको पुलामीले जानकारी दिए । गाँउमा आगो पसेपछि स्थानीयहरूको विचल्ली भएको छ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर