newskoseli.Com

कक्षा ११ को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले शनिबार साँझ कक्षा ११ को नियमित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

परीक्षामा ३ लाख ४७ हजार ७ सय ४८ विद्यार्थी सहभागी भएका बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए । बोर्डले पहिलो पटक ग्रेडिङ प्रणालीमा नतिजा सार्वजनिक गरेको उनले जानकारी दिए ।

असारमा भएको उक्त परीक्षाको नतिजामा ७४ जनाको परीक्षा रद्द गरिएको र १ जनाको परीक्षा स्थगित गरिएको उनले जानकारी दिए ।

परीक्षार्थीले कुनै एक विषयमा डी प्लस प्राप्त गरेका र कुनै एक विषयको परीक्षामा अनुपस्थित रहेका विद्यार्थीका लागि भने पुनः परीक्षा दिन पाउने व्यवस्था बोर्डले गरेको छ ।

बोर्डले त्यस्ता विद्यार्थीका लागि माघ २७ गते एक दिन परीक्षा सञ्चालन गर्ने भएको परीक्षा नियन्त्रक बतासले जानकारी दिए । एकभन्दा बढी विषयमा डी प्लसभन्दा कम छ भने त्यस्ता विद्यार्थीले अर्को साल मात्रै परीक्षा दिन पाउनेछन् ।

ग्रेडिङ प्रणाली लागू भएकाले विद्यार्थीले विषयगत रुपमा नतिजा पाउने छन् । स्थानीय तहको निर्वाचनको कारण देखाउँदै पटक–पटक मिति सार्दै असार १ देखि सञ्चालन भएको कक्षा ११ को परीक्षा नतिजा पनि प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको कारण देखाउँदै बोर्डले ७ महिनापछि सार्वजनिक गरेको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर