newskoseli.Com

लुम्बिनीमा बुद्धधर्मावलम्बीको बिहानैदेखि भीड

 २५६० औँ बुद्धजयन्तीका अवसरमा गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा बुद्धधर्मावलम्बीको बिहानदेखि नै भीड लागेको छ ।

बुद्धधर्मसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाको ब्यानरसहित बुद्धधर्मावलम्बीहरु मायादेवीको दर्शन गर्न मन्दिर परिसरमा लाम लागेका छन् । सरकारले यो वर्षको बुद्धजयन्ती विशेष समारोहका साथ मनाउने तयारी गरेकाले विगत वर्षका तुलनामा यसवर्ष धर्माबलम्बीको चाप बढेको हो ।

बुद्धजयन्तीका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधान तथा मन्त्रीहरु सांसदहरु, अन्तर्राष्ट्रिय गोष्ठी तथा बुद्धजयन्ती समारोहमा आउनुभएका विभिन्न २८ राष्ट्रका बौद्धधर्मका विद्वान् लुम्बिनी आई पुगिसकेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली केही बेरमा लुम्बिनी आइपुग्नुहुनेछ । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्रीको हैसियतले आनन्दप्रसाद पोखरेलले बिहानै मायादेवी मन्दिरको पूजाआजा गरे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धजन्यतीका अवसरमा आयोजना गर्न लागिएको विशेष समारोहको उद्घाटन गर्दैछन् । अहिले लुम्बिनी क्षेत्रमा भएको हल्का वर्षाले शीतलताको अनुभूति दिएको छ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर