
३ नं. प्रदेश प्रदेशसभाको सभामुखमा नेकपा (एमाले) का सानुकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । शनिबारको निर्वाचन प्रक्रियामा श्रेष्ठको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
मनोनयनका लागि निर्धारित समयभित्र उनको मात्र उम्मेदवारी परेको ३ नं. प्रदेशसभा सचिवालयका सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिए । श्रेष्ठको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र) का शालिकराम जमकट्टेल र समर्थकमा नेकपा (एमाले) का रामेश्वर फुँयाल थिए ।
प्रदेशसभा सभामुखमा निर्विरोध निर्वाचित श्रेष्ठ काठमाडौं महानगरपालिका– ३२, कोटेश्वरका निवासी हुन् ।
थप यो पनि पढ्नुहोस–
को हुन् सानुकुमार श्रेष्ठ ? यस्तो छ उनको संघर्षयात्रा…