newskoseli.Com

पुनर्निर्मित हुँदै जिरी प्राविधिक शिक्षालय

वि.सं. २०४० मा स्वीस सरकारले स्थापना गरेको जिरी प्राविधिक शिक्षालयको भौतिक संरचना पुनः स्वीस सरकारले नै पुनर्निर्माण थालेको छ ।

भूकम्पपछि ५० वटाभन्दा बढी भवन ध्वस्त भएको जिरी प्राविधिक शिक्षालयका आठ वटा भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भूकम्पले शिक्षालयको भौतिक संरचना ध्वस्त बनाएसँगै टहरामा पठनपाठन हुँदै आएको शिक्षालय स्वीस सरकारले निर्माण गरिदिएको पक्की भवनमा छिट्टै सर्ने भएको छ ।

जिरी प्राविधिक शिक्षालयका प्रमुख विष्णुहरि अधिकारीका अनुसार पचास वटाभन्दा बढी भवनहरू भत्किए पनि पहिलो चरणमा आठ वटा भवन निर्माण भइरहेका छन् । आठ वटा भवनले मात्रै शिक्षालय सञ्चालन गर्न नसकिने बताउँदै शिक्षालयका थप भवन निर्माणका लागि पनि स्वीस सरकारसँग नै शिक्षालय र सरकारले पहल गर्नुपर्ने उनले बताए ।

भवनहरू बनेसँगै विद्यार्थीहरूका लागि प्रयोगात्मक शैक्षिक प्रणालीमा समेत सहज हुने प्रमुख अधिकारीले बताए । शिक्षालयमा प्रत्येक वर्ष २ सय विद्यार्थी भर्ना हुने र त्यति नै बाहिरिने गरेका छन् । हाल यहाँ ४ सय ३२ विद्यार्थी अध्ययनरत छन्।

शिक्षालयका भवन पुनर्निर्माणका लागि स्वीस सरकारले गुरुयोजना समेत बनाएको थियो । गुरुयोजनामा १ अर्ब रूपैयाँ लागत राखिएको छ । भूकम्पले भवन पूर्णरुपमा ध्वस्त भएपछि करिव ५ महिना बन्दजस्तै भएको शिक्षालयमा पठनपाठन समेत रोकिएको थियो ।

सीटीर्इभीटीको आङ्गिक शिक्षालयलाई सीटीर्इभीटीले भौतिक संरचना बनाउन नसक्ने भन्दै बन्द गर्ने योजना बनाएको थाहा पाएपछि स्थानीयहरूले अस्थायी भवन निर्माण गरिदिएर पठनपाठन सुचारु गर्न शिक्षालय प्रशासनलाई दबाब दिएका थिए । पहिलो चरणका ८ वटा भवनका १२ वटा कोठा निर्माणका लागि सम्झौता गरे पनि अरु भवन निर्माण गर्न सम्झौता नभएको स्वीस सरकारले बताएको छ ।

एसएलसी/एसर्इर्इ पास भएपछि यहाँ १८ महिने कक्षामा एग्रिकल्चर (जेटीए), स्वास्थ्य (अनमी), निर्माणमा सब ओभरसियर, डिप्लोमा तहमा आर्इएस्सी एग्रिकल्चर, तीन वर्षे कक्षामा आर्इएस्सी एग्रिकल्चर, आर्इएस्सी एनिमल साइन्स, विशेष छात्रवृत्ति कार्यक्रमअन्तर्गत एनिमल साइन्स समेत गरी डिप्लोमा सहित छ वटा छुट्टाछुट्टै कक्षा/कार्यक्रम सञ्चालन भइरहेको जानकारी अधिकारीले दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर