newskoseli.Com

यस्तो छ प्रधानमन्त्री ओलीको भारत भ्रमणको कार्यतालिका

तीनदिने औपचारिक भारत भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बिहान ९ बजे नयाँदिल्ली प्रस्थान गरेका छन् । आइतबार फर्कने प्रधानमन्त्री ओलीको तीनदिने भारत भ्रमणका कार्यसूची यसप्रकार छन्–

२३ चैत 

–बिहान ९ः ०० बजे त्रिभुवन विमानस्थलबाट दिल्लीका लागि उड्ने ।

–इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल झरेपछि सिधै राष्ट्रपति भवन पुग्ने ।

–केहीबेरको आरामपछि भारतीय उद्योगी व्यवसायीसँग अन्तरक्रिया हुने ।

–कार्यक्रमपछि दिवाभोजमा सहभागी हुने ।

–भारतीय राजनीतिक दलका नेताहरू भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी, भाजपाका शीर्ष नेता, भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम यचुरी, पूर्वसांसद डीपी त्रिपाठी र अन्य साना दलका नेताले भेट्ने ।

–साँझ बाह्रखम्बारोडस्थित नेपाली दूतावासमा नेपाली समुदायसँग भेटवार्ता गर्ने ।

–नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा एक होटलमा आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने ।

२४ चैत

–बिहानै राष्ट्रपति भवनमा समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्रीलाई स्वागत गर्ने र केहीबेर वर्ता हुने ।

–भारतीय सेनाले उच्च सैनिक गार्ड आफ् अनर दिने ।

–भारतका राष्ट्रपति रामनाथ कोविन्द तथा उपराष्ट्रमन्त्री बैंकया नायडुसँग शिष्टाचार भेट हुने ।

–प्रधानमन्त्री ओली राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल सहभागी हुने। राजघाटमा महात्मा गान्धीको समाधीस्थलमा दिप प्रज्ज्वलन गर्ने ।

–हैदरावाद हाउसमा सुरूमा ओली र मोदीबीच वन टु वन वार्ता हुने । लगत्तै प्रतिनिधि मण्डलका सदस्यसहितको उपस्थितिमा छलफल गर्ने ।

–छलफलपछि दुई देशबीच हुने सम्झौता तथा पत्रआदनप्रदान सम्बन्धी कार्यक्रम हुने ।

–ओली र मोदीले संयुक्त पत्रकार सम्मेलन गरेर सम्झौताबारे जानकारी दिने ।

–हैदरावाद हाउसमै दिवाभोजमा सहभागी हुने ।

–साँझ विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह र वित्तमन्त्री अरुण जेट्लीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने ।

२५ चैत

–हेलिकप्टरमा दिल्लीबाट उत्तराखण्डको पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि विश्वविद्यालयको भ्रमणमा जाने ।

–साँझ दिल्लीबाट स्वदेश फर्किने ।

यो पनि पढ्नुहोस्–
तीनदिने भारत भ्रमणमा प्रधानमन्त्री ओली दिल्ली प्रस्थान

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर