newskoseli.Com

नक्कली विद्यार्थी पक्राउ

मोरङको कोसी हरैचा–९ स्थित शिक्षा निकेतन माविबाट प्रहरीले नक्कली विद्यार्थी पक्राउ गरेको छ ।

अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा पूर्वाञ्चल क्षेत्रीय अनुसन्धान समूहबाट खटिएको प्रहरीले ती नक्कली विद्यार्थीलाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीले सुनसरी धरान–१७ बस्ने २४ वर्षीय विक्रम लावतीलाई धरान नगरपालिका–१७ बस्ने त्रिलोचन राईको नामबाट परीक्षा दिँदै गरेको अवस्थामा बिहीबार पक्राउ गरेको हो ।

उक्त कार्यालयबाट खटी गएको प्रहरी टोलीले लावतीलाई कोसी हरैचा–८ स्थित मृगौलिया उच्च माविका छात्र रहेका राईको नामबाट परीक्षा दिँदै गरेको अवस्थामा फेला पारेको थियो ।

लावतीलाई आवश्यक अनुसन्धानपछि शिक्षा ऐन, २०२८ अन्तर्गत कारबाही चलाइने इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर