newskoseli.Com

एकता टुंगिएको संकेत : एमाले र माओवादी केन्द्रले सँगसँगै बोलाए आ–आफ्ना उच्च बैठक

 

लामो समयदेखि एमाले–माओवादी केन्द्रबीचको एकता प्रक्रिया निष्कर्षविहीन भएर अन्यौल छाइरहेका बेला दुई पार्टीबीच तत्काल एकता गर्ने सहमति जुटेको छ ।

माओवादी केन्द्रसम्बद्ध उच्च स्रोतले न्युजकोसेलीलार्इ दिएको जानकारी अनुसार बिहीबार नै एमाले–माओवादी केन्द्रबीच एकताको औपचारिक घोषणा हुने सम्भावना प्रबल छ । बुधबार बिहान बसेको एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको वान–टु–वान छलफलमा त्यस्तो सहमति जुटेको हो ।

वान–टु–वान छलफल सकिएलगत्तै बुधबार अपराह्नका लागि दुवै पार्टीले आ–आफ्नो शीर्ष तहको बैठक आह्वान गरेका छन् । दिउँसो ४ बजे एमालेले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै स्थायी कमिटीको बैठक आह्वान गरेको छ र माओवादी केन्द्रले ललितपुरको खुमलटारस्थित प्रचण्डको निजी निवासमा पार्टी केन्द्रीय कार्यालय समिति (हेडक्वार्टर) को विस्तारित बैठक आह्वान गरेको छ ।

बुधबार बिहान ओली–प्रचण्डबीच भएको वान–टु–वान छलफलले बिहीबार बिहान १० बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाउने निर्णय गरेको छ । पार्टी एकताका सम्बन्धमा दुई नेताबीच भएको कार्यप्रगतिका विषयमा छलफल गरी आवश्यक निर्णय लिन संयोजन समितिको बैठक बोलाउने निर्णय भएको जानकारी एमाले नेता विष्णु पौडेल र माओवादी नेता जनार्दन शर्माले दिएका छन् ।

थप यो पनि पढ्नुहोस्–
ओली–प्रचण्डबीच सहमति, जेठ ३ मा एमाले–माओवादी केन्द्रबीच एकता…

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर