newskoseli.Com

डा. उपेन्द्र देवकोटा पुर्‍याइए गोरखास्थित जन्मघर

 

सिकिस्त बिरामी भएर आफैंले जीवनको माया मारिसकेका वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटालार्इ शनिबार उनकै जन्मस्थान गोरखा पुर्‍याइएको छ ।

उनकै पहल र नेतृत्वमा स्थापित राजधानीको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत डा. देवकोटालाई उनकै इच्छाअनुसार जन्मथलो गोरखा पुर्‍याइएको हो । देवकोटालाई हेलिकप्टरमार्फत उनको जन्मस्थल गोरखाको पालुङटार नगरपालिकास्थित आँपपिपल लगिएको हो ।

डा. देवकोटाले आफ्नो गाउँ र जन्मघरमा जाने इच्छा देखाएपछि त्यहाँ लगिएको अस्पताल र पारिवारिक स्रोतले जनाएको छ ।  जन्मघरस्थित सिस्नेपानी धाराको पानी खाने इच्छा उनले जाहेर गरेपछि डा. देवकोटालार्इ गाउँ लगिएको हो ।

गाउँनजिक बोहोरा गाउँमा हेलिकप्टर रोकेर उनलाई पुर्ख्यौली घरमा लगियो । उनलाई घरको पिँढीमा करिव ४० मिनेट राखेपछि शनिबार नै उनलाई काठमाडौं ल्याइएको छ । पिँढीमै उनले सिस्नेधाराको पानी पनि चम्चाको सहारामा पिए । जन्मघर पुगेर फर्केका डा. देवकोटाको फेरि न्युरो हस्पिटल बाँसबारीमै उपचार भइरहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर