newskoseli.Com

सभामुखको रुलिङ सरकारलाई : संसद बैठकमा अनिवार्य उपस्थित होऊ

 

प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन सभामुख कृष्णबहादुर महराले सरकारलाई रुलिङ गरेका छन् । कुनै पनि मन्त्रीको अनुपस्थितिका कारण आइतबारको बैठक १५ मिनेट स्थगित हुन पुगेको थियो ।

मन्त्रीको अनुपस्थितिले बैठक नै प्रभावित भएपछि सभामुख महराले प्रतिनिधिसभा सञ्चालन नियमावलीले गरेको व्यवस्था अनुसार बैठकमा अनिवार्य उपस्थित हुन सरकारलाई रुलिङ गरेका हुन् । नियमावलीको दफा ५६ ले बैठक सञ्चालनका लागि सरकारका मन्त्रीको अनिवार्य उपस्थिति र विषयगत छलफलमा विभागीय मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था गरेकोतर्फ सभामुख महराले सरकारको ध्यानाकर्षण गराएका छन् ।

आगामी दिनमा यस्तो गल्ती नदोहोर्‍याउन समेत महराले सरकारलाई सचेत गराएका छन् । आइतबार छलफल भैरहेका मन्त्रालयका कुनै पनि विभागीय मन्त्री बैठकमा उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित हुन पुगेको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर