newskoseli.Com

ब्राजिल उक्लियो ‘नकआउट’ चरणमा, विश्वकपबाटै बाहिरियो विश्वविजेता जर्मनी

 

बुधबार रातिको प्रतिस्पर्धाबाट यस अघिको विश्वकप च्याम्पियन जर्मनी विश्वकपबाटै बाहिरिएको छ । यसअघि जर्मनीबाट कठोर पराजय भोगेको ब्राजिल भने सुरुआती चरणको शंशयलाई चिर्दै समूह विजेता बनेर अन्तिम १६ मा स्थान सुरक्षित गर्न सफल भएको छ ।

बुधबार राति पौने १२ बजे सुरु भएको खेलमा सर्बियालाई २–० ले हराउँदै ब्राजिल नकआउट चरणमा पुगेको हो । कोष्टारिकासँग २–२ को बराबरी खेलेको स्वीट्जरल्याण्ड भने समूह– र्इको उपविजेतामा सीमित भएको छ ।

ब्राजिलसँग प्रतिस्पर्धामा उत्रेको सर्बिया खेल सुरु हुनु अघिसम्म आक्रमक देखिएको थियो । सर्वियाली प्रशिक्षकले समेत केही पनि असम्भव नरहेको बताएका थिए भने स्ट्राइकर मिट्रोभिकले पनि ब्राजिललाई आफूहरुले नहराउने अवस्था नरहेको दावी गरेका थिए ।

पहिलो खेलमा स्वीटजरल्याण्डसँग १–१ को बराबरीमा चित्त बुझाएको ब्राजिलले दोस्रो खेलमा भने कोष्टारिकाविरुद्ध ‘इन्जुरी टाइम’ मा मात्र २ गोल गर्न सकेको थियो । यसैकारण आशावादी रहेको ले पनि सर्विया ब्राजिलका प्रशिक्षक टिटेले फर्नान्डिन्हो र पाउलिन्होलाई खेलाएर मिडफिल्ड निकै मजबुत बनाइदिएपछि पराजित हुन पुगेको छ ।

बुधबार रातिको खेलमा ब्राजिललाई अग्रता समेत पाउलिन्हाले नै दिलाए । काउटिन्हाको पासमा उनले ३६औं मिनेटमा गोल गरे भने दोस्रो हाफको सुरूआती १५ मिनेटमै यो अग्रता जोगाउन ब्राजिलले निकै मेहनत गर्नु पर्‍यो । सर्बियाका मिट्रोभिकले निकै आक्रामक खेल खेले तापनि उनलाई ब्राजिलियन डिफेन्डरहरूले पोस्टमा धाबा बोल्ने अवसर नै दिएनन् । उनको ‘डेड बल’ लार्इ ब्राजिलियन गोलकिपरले सहजै नियन्त्रणमा लिइदिए ।

खेलको ६८औं मिनेटमा थिएगो सिल्भाले ब्राजिलियन अग्रता दोब्बर पारेपछि पहिलो पटक विश्वकपको नकआउट चरणमा पुग्ने सर्बियाको सम्भावना चकनाचूर हुन पुगेको छ ।

विश्वकपबाट यसरी बाहिरियो अघिल्लो पटकको विश्वविजेता जर्मनी

बुधबार राति नै भएको यसअघिको खेलमा दक्षिण कोरियाले जितको छ भने साविकको विश्वविजेता जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिन बाध्य भएको छ ।

समूह चरणको अन्तिम खेलको इन्जुरी टाइममा कोरियाले जर्मनीलाई २(० हराएको हो । अर्को खेलमा स्वीडेनले मेक्सिकोविरुद्ध ३ गोल गरेका कारण जर्मनी दबावमा परेको थियो । त्यही बेला किम युङ गोनले गोल गरे पनि सहायक रेफ्रीले यो गोललाई अफसाइड दिएका थिए । तर, भीएआर रिभ्यूबाट गोल दिइयो । झन् दबावमा आएको जर्मनीका गोलकिपर निकै अगाडि बढेर खेलेको मौकामा अन्तिम मिनेटमा सन हियुङ मिनले खालि पोस्टमा गोल गरे ।

पहिलो खेलमा मेक्सिकोसँग पराजित जर्मनीले दोस्रो खेलमा स्वीडेनलाई २(१ ले हराइदिएको थियो । समूह चरणको अन्तिम खेलमा दक्षिण कोरिया बाहेक तीनै टिमको सम्भावना थियो । तर, जर्मनीका लागि अघिल्लो चरण प्रवेशको सम्भावना कायम गर्न दक्षिण कोरियालाई हराउनैपर्ने स्थिति थियो ।

यदि जर्मनीले कोरियालाई हराएको र स्वीडेनले मेक्सिकोलाई ३(० ले जितेको भए गोल अन्तरका आधारमा जर्मनी अघिल्लो चरणमा पुग्दथ्यो र मेक्सिको बाहिरिने थियो । तर, कोरिया आफू मात्र बाहिरिएन, साविकको विविजेतालाई समेत सँगै घर फर्काउन सफल भयो । मेक्सिको भने हारेर पनि उपविजेता बनेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर