newskoseli.Com

सिंगापुरबाट फर्कंदै प्रचण्ड : कस्तो भयो ‘म्याडम’ सीताको स्वास्थ्य ?

 

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार सिंगापुरबाट स्वदेश फर्कंदैछन् । अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि असार ३ मा सिंगापुर गएका थिए ।

सीताको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि अध्यक्ष प्रचण्ड पत्नी सीतालाई साथै लिएर फर्कन लागेका हुन् । ‘वाटर थेरापी’ र चिकित्सकका सुझाव अनुरुपको औषधि सेवनले सीताको स्वास्थ्यमा राम्रो सुधार आएको पारिवारिक स्रोतले बताएको छ ।

प्रचण्ड चिकित्सकको सुझाव अनुसार नै सीताको ‘फलो–अप’ उपचारका लागि त्यसतर्फ गएका थिए । सिंगापुरस्थित एमपी एलिजावेथ अस्पतालमा एक पटक स्वास्थ्य परीक्षण गराउन चिकित्सकले सुझाव दिएका थिए ।

यसअघि सिंगापुरमै उपचार गरिएकी सीताको केही महिना अगाडि दिल्लीमा पनि उपचार भएको थियो । छोरा प्रकाशको असमायिक निधनपछि सीताको स्वास्थ्य समस्या अझ बढेको थियो । कलेजोको समस्याबाट पीडित सीताको पछिल्लो समय आँखामा समेत समस्या देखिएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर