newskoseli.Com

मन्त्रीहरूले आफ्नै जिल्लामा बजेट कुम्ल्याए : पम्फा भुसाल

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समितिकी सदस्य एवं सत्तारुढ दलकी सांसद तथा पूर्वमन्त्री पम्फा भुसालले काठमाडौं–निजगढ फास्टट्रयाक निर्माणका क्रममा ललितपुरको खोकना र बुङमतीवासीलाई तत्काल समुचित मुआब्जा उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन् ।

पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा ललितपुर– ३ बाट निर्वाचित भएकी भुसालले फास्टट्रयाक निर्माण गर्ने क्रममा स्थानीय सम्पदा र गुठीको जग्गा नमासी तिनको संरक्षण र सम्बर्द्धनसहित गर्न नेपाली सेना र स्थानीयवासीबीच विगतमा भएको सहमति तत्काल कार्यान्वयन गर्न समेत सरकारसँग संसदबाटै माग गरेकी छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद भुसालले फास्टट्रयाक निर्माणका नाममा सरकारले स्थानीयमाथि डोजर–आतंक फैलाउने काम गर्दै आएको भन्दै आपत्ति प्रकट गरिन् । फास्टट्रयाक निर्माण क्षेत्रका समस्या तत्काल समाधान गर्न पटक्कै ढिलाई गर्नु नहुनेमा समेत सांसद भुसालले जोड दिइन् ।

सरकारले ललितपुरका लागि बजेट समेत कम छुट्याएको भन्दै भुसालले असन्तुष्टि जनाइन् । मन्त्रीहरुले आ–आफ्ना जिल्लामा मात्रै पर्याप्त बजेटको व्यवस्था गरेको आरोप उनले लगाइन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर