newskoseli.Com

नेकपाको ‘हेडक्वार्टर’ बैठक सम्पन्न, पार्टीको नियमावली पारित

 

बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टीको ‘हेडक्वार्टर’ बैठकले पार्टीको नियमावलीलाई अन्तिम रुप दिएको छ ।

पार्टी एकतापछि संगठनात्मक व्यवस्थापन र कार्यसञ्चालन सहज बनाउ पार्टीको अन्तरिम विधान बमोजिम बनाउन लागिको नियमावली बैठकले पारित गरेको हो । पार्टी विधानको अभिन्न अंगका रुपमा लिइएको नियामावली अनुमोदन गरेर प्रकाशन गर्ने निर्णय गरिएको जानकारी सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएका छन् ।

नियमावलीलाई अन्तिम रुप दिन भनेरै मंगलबार पनि सचिवालय बैठक बसे तापनि काम नटुंगिएकाले बुधबार पुनः बसेको हो । स्थायी कमिटीको बैठकमा प्राप्त सुझावका आधारमा नियमावलीको अन्तिम मस्यौदा तयार गर्न वामदेव गौतम, रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल रहेको कार्यदल गठन गरिएको थियो । सोही कार्यदलले बुझाएको प्रतिवेदनलाई यो बैठकले अन्तिम रुप दिएको हो ।

जेठ ३ मा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएलगत्तै तीन महिनाभित्र प्रदेश, जिल्ला र प्रवास कमिटीहरुका साथै जनसंगठनहरुको एकता गरिसक्ने निर्णय भएको थियो । नियमावलीले अन्तिम रुप नपाएसम्म ती कार्य रोकिएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर