newskoseli.Com

‘मुट्ठीभर तत्त्व’ को सिन्डिकेट फर्काउने प्रयास असम्भव : गृहमन्त्री बादल

 

अहिले पनि ‘केही मुट्ठीभर तत्त्व’ यातायात क्षेत्रमा सिन्डिकेट फर्काउन प्रयासरत रहेको उल्लेख गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले अब यातायात क्षेत्रमा सिन्डिकेट फर्काउने कुरा सम्भव नरहेको स्पष्ट पारेका छन् ।

राजधानीस्थित नयाँ बसपाकमा बुधबार युनाइटेड ट्रान्सपोर्ट भलाई एन्ड इन्भेस्टमेन्ट प्रा.लि. ले आयोजना गरेको ‘याताय क्षेत्रको विद्यमान अन्यौलता, चुनौती र समाधान’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अझै सिन्डिकेट फर्काउने प्रयास भइरहेको तर त्यो कुरा सम्भव नहुने गृहमन्त्री थापाले बताए ।

‘अहिले पनि केही मुठीभर व्यवसायीको मात्रै एकाधिकार हुने, उनीहरुको समृद्धि हुने र यात्रायात क्षेत्रमा आउन खोजेका हजारौं नयाँ व्यवसायीको बाटो रोक्ने गरी सिन्डिकेटलाई फर्काउने षड्यन्त्र भइरहेको छ,’ उनले भने– ‘यसबारे सरकार सचेत छ ।’

यातायात मात्रै नभई कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सिन्डिकेटले जरा गाडेको भन्दै देश विकासका लागि यो बाधक रहेको गृहमन्त्री थापाले बताए । उनले भने– ‘सिन्डिकेट रहेसम्म देशको विकास र समृद्धि सम्भव छैन, जनतालाई समृद्ध बनाउने जुन प्रतिबद्धता गरेका छौं, त्यो पूरा हुन सक्दैन ।’

सिन्डिकेट हटाउने निर्णय यातायात व्यवसायी, मजदुर, यात्रु सबैका हितमा रहेको भन्दै सबैको सहयोगका लागि उनले अपिल गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर