newskoseli.Com

मौसमविद् भन्छन्– ‘३ दिन लगातार पानी पर्छ, राति र बिहान सचेत रहनोस्’

 

काठमाडौं उपत्यकामा बुधबार राति मात्रै पनि ९३ दशमलव ६ मिलिमिटर पानी पर्‍यो । सिनामंगल र भक्तपुर क्षेत्रमा भीषण वर्षा भएका कारण उक्त क्षेत्र बाढीबाट जलमग्न बन्यो ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान शाखाका मौसमविद बरुण पौडेलका अनुसार अझै केही दिन वर्षाको सम्भावना छ । बिहीबार राति पनि काठमाडौं उपत्यकामा भारी वर्षा हुने पूर्वानुमान मौसमविदहरूले गरेका छन् । उच्च वर्षाका कारण काठमाडौंको मनोहरा नदीमा पानीको सतह निकै बढेको छ ।

अन्यत्रका नदीमा पानीको सतह सामान्य नै रहे पनि विष्णुमती, धोबीखोला, हनुमन्ते खोलालगायतका शाखा नदीहरुका साथसाथै मनोहरा र बागमतीमा भने पानीको सतह ‘खतराजनक’ अवस्थामा पुगेको छ । सबै भूभागमा मनसुन सक्रिय छ । मध्य र पश्चिमी भागमा बढी वर्षा भइरहेको छ । साँझपख, राति र बिहान बढी वर्षा हुने सम्भावना मौसमविद् पौडेलले औंल्याएका छन् ।

पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना उच्च भएकाले पहाडी क्षेत्रका राजमार्ग तथा सडकमा पहिरोको जोखिम उच्च छ । पहिरोको जोखिममा रहेका ती स्थानहरुमा सावधानी अपनाउनु अत्यावश्यक भएको जानकारहरू बताउँछन् । नदी किनार तथा पहिरोको जोखिमस्थलका घर–परिवारले रात र बिहानको समयमा विशेष सचेतता अपनाउनुपर्ने सुझाव मौसमविदहरूले दिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर