newskoseli.Com

गृहमन्त्री बादललाई उत्तर कोरिया भ्रमणको निम्ता, गृहमन्त्री–राजदूत भेटवार्ता

 

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग नेपालका लागि उत्तरकोरियाका राजदूत किम योङ हकले शुक्रबार शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको थियो ।

भेटमा गृहमन्त्री थापाले पछिल्लो समय उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासँग बढाएको वार्ता र छलफलको स्वागत गर्दै त्यसको सफल परिणाम आउने आशा व्यक्त गरे । देशभक्तिका लागि उत्तर कोरिया सबैका लागि प्रेरणाको स्रोत भएको टिप्पणी समेत गृहमन्त्री थापाले गरे ।

उत्तर कोरियाले गार्मेन्टलगायतको क्षेत्रमा नयाँ प्रविधिको विकास गरिरहेको आफूले सुनेको भन्दै गृहमन्त्री थापाले त्यस्तो प्रविधि नेपालमा पनि भित्र्याउन आफूहरु इच्छुक रहेको बताए । नेपाल र उत्तर कोरियाबीचको पारस्परिक सम्बन्धको चर्चा गर्दै यसलाई थप उचाईमा पुर्‍याउनु पर्नेमा राजदूत हकले जोड दिए ।

नेपालमा रोजगारीका लागि आउने कोरियाली नागरिकलाई प्रवेशाज्ञा प्रक्रिया झन्झटिलो हुँदा समस्या रहेको गुनासो समेत राजदूत हकले गरे । सो प्रक्रिया सहज र सरल बनाउन तत्काल कदम चलिने गृहमन्त्री थापाले बताए ।

गृहमन्त्रीलाई सफल कार्यकालका निम्ति शुभकामना दिँदै केही दिनमा हुन गइरहेको आफूहरुको राष्ट्रिय दिवसमा उत्तर कोरिया भ्रमणका लागि गृहमन्त्री थापालाई राजदूत हकले आग्रह गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर