newskoseli.Com

काठमाडौं आइपुगे गोविन्द केसी : सूचना टाँस गरी ८ दिन संसद स्थगित

 

सूचना टाँस गरेर बिहीबारको संसद बैठक स्थगित भएको छ । १ बजेका लागि डाकिएको संसद बैठक ‘विशेष कारणवश’ स्थगित गर्नुपरेको भन्दै सभामुख कृष्णबहादुर महराले साउन ११ गते मात्र बस्ने गरी स्थगित गरेका हुन् ।

संसद अवरोध गर्ने आफ्नो निर्णयबाट नेपाली कांग्रेस पछाडि नहट्ने भएपछि सभामुख महराले सूचनामार्फत् बैठक स्थगित गरेका हुन् । कांग्रेसले चिकित्सा शिक्षा अध्यादेशको प्रावधान प्रस्तावित विधेयकबाट हटाएको भन्दै संसद अवरोध गर्दै आएको छ । कांग्रेसले असार ३२ का दुई बैठक पनि अवरोध गरेको थियो । यसअघि नै राष्ट्रियसभा बैठक समेत साउन ८ सम्मका लागि स्थगित भैसकेको छ ।

सरकारले संसदमा दर्ता गराएको चिकित्सा शिक्षा विधेयकको विरोधमा डा. गोविन्द केसी २० दिनदेखि जुम्लामा अनसनरत रहेकोमा सरकारले बिहीबार अपराह्न हेलिकप्टरमार्फत राजधानी ल्याएको छ । । केसीको स्वास्थ्य स्थिति जटिल बनेको भन्दै उनको माग पूरा गराउन कांग्रेसले संसद अवरोध गर्दै आएको हो ।

संसदको कार्यसूचीबाट चिकित्सा शिक्षा विधेयक हटाउने सभामुख कृष्णबहादुर महराले स्पस्ट पारिसक्दा समेत अटेर गर्दै कांग्रेसले संसद बिथोल्ने अडान यथावत् राखेको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर