newskoseli.Com

डा. केसीको समर्थनमा को–को आए सडकमा ? ‘हाई–प्रोफाइल’ देखि जागिरेसम्म !

 

चिकित्सा शिक्षा सुधारको माग राख्दै पन्ध्रौं अनसनमा रहेका प्रा.डा. गोविन्द केसीको ‘जीवनरक्षा’ माग गर्दै शनिबार राजधानीको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन भयो ।

प्रदर्शनका क्रममा सहभागीहरुले डा. केसीका मागहरु तत्काल सम्बोधन गरी उनको जीवनरक्षा गर्न माग गरे । र्‍यालीमा पूर्वप्रधानमन्त्रीदेखि पूर्वप्रधान न्यायाशीशहरूसम्म सहभागी रहे । नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी पत्नी एवं नेतृ हिसिला यमी र्‍यालीमा सहभागी भए ।

त्यसैगरी, पूर्वमन्त्री एवं कांग्रेस नेता गगन थापा, पूर्वप्रधान न्यायाधीशद्वय कल्याण श्रेष्ठ र सुशीला कार्की पनि र्‍यालीमा सहभागी भए । अभिनेतृ मनिषा कोइरालासहितका कलाकारहरू पनि र्‍यालीमा सहभागी भए ।

चिकित्साशास्त्रका केही विद्यार्थी, कतिपय चिकित्सकहरू र केही सर्वसाधारण सहभागी र्‍यालीमा चिकित्सा शिक्षा सुधारबारे सुझाव दिन गठित माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमासहित नागरिक अगुवाहरू खगेन्द्र संग्रौला, कृष्ण पहाडी, श्याम श्रेष्ठलगायत पनि सहभागी भए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर