newskoseli.Com

कानुनमन्त्री तामाङले दिए राजीनामा : ‘बंगलादेशमा पढ्ने महिला डाक्टर’ प्रकरण…

 

‘बंगलादेशमा पढ्ने महिला डाक्टर’ बारे विवादास्पद अभिव्यक्तिका कारण विरोधमा परेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका छन् ।

मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन आयोजना गरी मन्त्री तामाङले राजीनामा घोषणा गरेका हुन् । लगत्तै उनी प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ पुगेर राजीनामा बुझाउने उनले बताए । आफ्नो नियत गलत नरहेको, अभिव्यक्तिको सार तोडमोड गरिएको र आफूले सार्वजनिक क्षमयाचना गरिसकेको सन्दर्भमा सरकार र पार्टी तथा स्वयं आफ्नो छवि धुमिल हुन नदिन आफूले नैतिकताका आधारमा राजीनामा दिएको उनले बताए ।

बंगलादेशमा एमबीबीएस पढ्न जाने छात्राले ‘सर्टिफिकेट पाउन आफूलाई सुम्पनुपर्ने’ अभिव्यक्ति दिएपछि त्यसैलाई आधार बनाएर कांग्रेसले चर्को विरोध गर्दै आएको थियो । आफूले आजसम्म महिला अधिकारको पक्षमा सशक्त ढंगले कुरा उठाउँदै आएको तर अहिले त्यही कुराले आफूलाई लखेटेको भन्दै श्रीमती उषाकला राईसहित पत्रकार सम्मेलन गरेका मन्त्री तामाङले दुःखेसो पोखे ।

पत्रकार सम्मेलनको सुरूमा आफूले पदभार सम्हालेपछि गरेका कामहरुबारे उनले चर्चा गरे । त्यसपछि भावुक बनेका उनका आँखा रसाए । आफूले बोलेको कुरालाई काँटछाँट गरी भिडियो बनाएर बदनाम गर्न खोजिएको गुनासो उनले गरे।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर