newskoseli.Com

खोटाङका युवाद्वारा विद्यालय सामाग्री हस्तान्तरण

 

 

खोटाङको खोक्सेलीबाट अध्ययन तथा रोजगारीका लागि काठमाडौँमा बसोवास गर्दै आएका युवाहरूले देउसीभैलो खेलेर सङ्कलन भएको रकमबाट स्थानीय श्री लक्ष्मी माध्यामिक विद्यालयललाई मन्टेश्वरी सामाग्री, बाल पुस्तक, खेलका सामाग्री तथा विभिन्न साहित्यिक पुस्तकहरू हस्तान्तरण गरेका छन्

युवाहरूले ४ वर्ष अगाडिदेखि  देउसीभैलोबाट संकलन भएको रकमबाट आफ्ना गाविसका विभिन्न विद्यालय तथा विद्यार्थीहरूलाई कापि, कलम, पेन्सिल, इरेजर, बालपुस्तक लगायत विभिन्न खेलकुदका सामाग्रीहरु सहयोगस्वरूप उपलब्ध गराउँदै आएका छन् ।

kumar

 

युवाहरूले गरेको सहयोगको उच्च मूल्याङ्कन गर्दै प्रधानाध्यापक श्री राजेन्द्र दाहालले खुसी व्यक्त गरे । विद्यालयको भौतिकपक्ष कमजोर रहेकाले परिक्षा केन्द्रसेवाबाट समेत बन्चित हुनुपर्ने अवस्था आउन लागेकाले दाताहरूबाट सहयोगको अपेक्षा गर्दै प्रधानाध्यापक दाहालले भने ‘६ कक्षादेखि १० कक्षासम्म कम्युटर शिक्षा अनिवार्य छ तर विद्यालयमा एउटामात्र कम्युटर रहेकाले विद्यार्थीहरूलाई सहजरूपमा कम्युटर शिक्षा प्रदान गर्न सकिएको छैन ।’

rajendra dahal

 

दाताहरुबाट कम्युटर लगायत विद्यार्थीलाई आवश्यक भौतिक सामाग्रीको सहयोग जुटाउन सकिएमा विद्यार्थीलाई सहज र सुलभ तरिकाबाट शिक्षा प्रदान गर्न सकिने भएकाले, युवाहरुले यसतर्फ विशेष ध्यान र चासो दिनुपर्नेमा प्रधानाध्यापक दाहालको जोड थियो ।

 

खुल्लामनले विद्यालयलाई सहयोग गरेकोमा युवाहरूलाई धन्यवाद दिदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पृथ्वी दाहालले भने ‘युवाहरुको सहयोग सदैव आवश्यक छ, तपाईंहरूले गरेको सहयोगको हामी संरक्षण र सही सदुपयोग गर्नेछाैँ र भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा गरेका छौँ ।’ विद्यालयमा भौतिक स्तरोन्नतिका लागि व्यक्तिगतरूपमा समेत लागि पर्ने अध्यक्ष दाहालको भनाई थियो ।

13241244_1736011066644473_3973505444158933306_n

विद्यालयमा भएका सामग्रीको हिफाजत गरेर राख्ने र सहि तरिकाले प्रयोग गर्नुपर्नेमा स्थानीय कुमारप्रसाद भट्टराईको विशेष जोड थियो ।

 

‘खोक्सेली युवा समुह’ आयोजक रहेको उक्त कार्यक्रम  पेशल आचार्य (स्रोत व्यक्ति, दुर्छिम) प्रमुख तथा नयनकुमार राई  (स्रोत व्यक्ति, च्यास्मीटार) को विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रमका केही तस्बिरहरूः

13221496_1736011846644395_7888928013551784819_n

 

13260286_1736009793311267_3715395146724783683_n

students

 

khotang

khotangg

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर