newskoseli.Com

कक्षा १२ को रिजल्ट आयो : कति विद्यार्थीले कुन ‘ग्रेड’ ल्याए ?

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार बिहान कक्षा १२ का सबै समूहको नतिजा एकै पटक परीक्षाफल प्रकाशित गरेको छ ।

परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले दएिको जानकारी अनुसार ‘लेटर ग्रेडिङ’ प्रणाली अनुसार सार्वजनिक भएको नतिजामा ३.६१ देखि ४ जीपीए ल्याउनेमा ११ हजार १ सय ६९ परीक्षार्थी रहेका छन् ।

त्यसैगरी ३.२१ देखि ३.६० जीपीए ल्याउने ११,२२१, २.०१ देखि २.८० जीपीए ल्याउनेमा ५८,३४५, २.०१ देखि २.४० जीपीए ल्याउने ९०,२९९ परीक्षार्थी रहेका छन् ।

यस्तै, १.६१ देखि २.० जीपीए ल्याउने ६६,४३८, १.२१ देखि १.६० जीपीए ल्याउने २२, ७३४, ०.८१ देखि १.२० जीपीए ल्याउने ४४८८ र ०.०० देखि ०.८० जीपीए ल्याउने १ सय ९९ जना रहेका छन् । गत वैशाखमा भएको यस वर्ष करिव ४ लाख विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर