newskoseli.Com

गृहमन्त्रीको प्रतिबद्धता : बालिका बलात्कार र हत्याका अपराधीलाई कठोर कारबाही गरिन्छ

 

कञ्चनपुरमा बालिकाको बलात्कारपछि हत्या भएको घटना र सांसद निरुदेवी पालमाथि भएको हमलाका सम्बन्धमा सरकारको गम्भीर ध्यानाकर्षण भएको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले हालै बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री थापाले दुवै घटनाका बारेमा सदनलाई जानकारी गराएका हुन् । कञ्चनपुरको भीमदत्त नगरपालिकामा गत साता १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो ।

उक्त घटनाका सम्बन्धमा प्रहरीले आवश्यक खोजी कार्य जारी राखेको र अनुसन्धान भइरहेको जानकारी गराउँदै दोषीलाई कडाभन्दा कडा कानुनी कारबाही गरिने प्रतिबद्धता गृहमन्त्री थापाले व्यक्त गरे । आगामी दिनमा यस्ता घटना हुन नदिन स्थानीय प्रशासनलाई निर्देशन दिएको बताउँदै यस्ता हत्या–हिंसाका घटनामा मदिरा सेवन र लागू पदार्थको सेवन प्रमुख कारण बन्ने गरेको समेत उनले बताए । अनियन्त्रित मदिरा सेवन र लागू पदार्थ सेवनलाई नियन्त्रण गर्न सरकारले आवश्यक कदम चाल्ने जानकारी गृहमन्त्री थापाले गराए ।

सांसद निरु पालमाथिको घटना राजनीतिक प्रकृतिको देखिएको बताउँदै घटनालगत्तै सांसद पालको सुरक्षाको व्यवस्था मिलाइएको र गम्भीर छानबिन भइरहेको जानकारी उनले गराए । राजनीतिक स्थायित्व नचाहने तत्त्वले यस्तो घटना घटाउने प्रयास गरेको हुन सक्ने उनको आशंका छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर