newskoseli.Com

केन्द्रीय सदस्य पौडेलद्वारा दाहाल माओवादी परित्याग

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सन्देश पौडेलले पार्टी परित्यग गरेका छन् । चितवन माडी स्थायी घर भएका माओवादी केन्द्रीय सदस्य पौडेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

माओवादी केन्द्रको राजनीतिक, सांगठनिक कार्ययोजना र कार्यशैलीका हिसाबले सो पार्टी संसदवादको बाटोमा अगाडि बढेको निष्कर्ष निकाल्दै पौडेलले माओवादी केन्द्रमार्फत जनताको मुक्तिका लागि थप योगदान दिने सम्भावना अन्त्य भएको भनेका छन् ।

प्रचण्ड माओवादी परित्याग  गरेपनि पौडेलले आफ्नो बाँकी जीवन सम्पूर्ण रुपमा नेपाली जनताको मुक्तिका निम्ति समर्पित गर्ने बताएका छन् । पौडेल विगतमा एकीकृत माओवादीको युवा सङ्गठन वाइसिएलको महत्वपूर्ण जिम्मेवारीहरुमा रहेका थिए ।

पार्टीभित्र वैचारिक अभियन्ता, लेखक तथा प्रष्टसँग फरक विचार राख्ने युवा नेतका रुपमा परिचित उनी पछिल्ला दिनहरुमा एकीकृत माओवादी र पार्टी एकता पश्चातको माओवादी केन्द्रसंग असन्तुष्ट रहेका थिए ।

हेर्नुहोस पौडेलको स्टाटस

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर