newskoseli.Com

पक्राउ परे विप्लवका प्रवक्ता एवं पूर्वमन्त्री प्रकाण्ड

 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई सरकारले मंगलबार पक्राउ गरेको छ ।

पूर्वमन्त्री समेत रहेका प्रकाण्डलाई नेपाल प्रहरीको विशेष ब्युरोेले राजधानीको नागढुंगाबाट पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । नेता विश्वकर्मा माथि अनुसन्धान भइरहेको र काठमाडौं प्रहरी परिसरमार्फत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

कालीकोटको मालकोट स्थायी घर भएका विक ०५२ देखि नै तत्कालीन नेकपा (माओवादी) को पूर्णकालीन कार्यकर्ता बनेर दसवर्षे जनुयुद्धमा होमिए थिए । प्रचण्ड नेतृत्वको पहिलो सरकारमा उनी महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थिए ।

माओवादी विभाजनपछि मोहन वैद्य ‘किरण’ नेतृत्वको पार्टीमा सक्रिय रहेका विश्वकर्मा विप्लवको नेतृत्वमा भएको विभाजनपछि विप्लवतिरै सक्रिय भई सो पार्टीको केन्द्रीय प्रवक्ता रहेका छन् ।

जनयुद्धकै सिलसिलामा उनका माइला भाइ सिंहबहादुर र साइँला भाइ अमरबहादुरले शहादत पाएका छन् । हालै नेकपाले उपत्यकाबाहिरको अज्ञातस्थलमा आयोजना गरेको बैठकमा सहभागी भएर राजधानी आउँदै गर्दा उनी नागढुंगाबाट पक्राउ परेको पार्टीसम्बद्ध स्रोतले जनायो ।

थप यो पनि पढ्नुहोस्–
विप्लवले आह्वान गरे नेपाल बन्द ! प्रवक्ता प्रकाण्डसहित गिरफ्तार सबैलाई रिहा गर्न माग (विज्ञप्तिसहित)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर