newskoseli.Com

बाबुरामको गुनासो : दूरदर्शीताको अभाव भएकाले देशमा रुपान्तरण भएन

 

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकका राजनीतिज्ञमा दूरदर्शीताको अभाव भएका कारण देशमा आर्थिक रुपान्तरण गर्न नसकिएको गुनासो गरेका छन् ।

पुराना कांग्रेस नेता एवं पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीका श्रीमान दुर्गा सुवेदीको पुस्तक ‘विमान विद्रोह’माथिको छलफलमा बोल्दै डा. भट्टराईले वैदेशिक नीतिमा वामपन्थी शक्ति र अन्य दल एकताबद्ध नभएकाले देशको कूटनीतिक दृष्टिकोण कमजोर भएको तथा वैदेशिक हस्तक्षेपको नकारात्मक प्रभाव बढ्दै गएको विचार व्यक्त गरे ।

देशमा विद्यमान निरंकुशताविरुद्ध सुवेदीको समूहले विमान अपहरण गरेको स्मरण गर्दै समाजवादको उन्नत स्वरुप लोकतन्त्र भएकाले त्यसलाई संरक्षण र संस्थागत गर्नु पर्नेमा डा. भट्टराईले जोड दिए ।

सोही कार्यक्रममा बोल्दै पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले तत्कालीन समयका राजनीतिक घटनाक्रमलाई समेटेर ल्याइएको पुस्तक नयाँ पुस्ताका लागि महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरिन् । त्यसैगरी, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले यस पुस्तकले जनतालाई स्वतन्त्र बनाउन तथा मुलुकलाई विकास गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

लेखक सुवेदीले संविधान जारी भएपछि पनि विभिन्न समयमा भएका राजनीतिक क्रान्तिबाट प्राप्त भएको संविधानसभाबाट जारी नयाँ संविधान अनुरुपको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई विपन्न वर्गको सामाजिक सशक्तिकरणमा जोड्न नसकिएको गुनासो गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर