newskoseli.Com

खाजा कार्यक्रम प्रभावकारी

चितवनमा डेढ लाख विद्यार्थी मध्ये शून्य दशमलव ८२ प्रतिशत बालबालिका मात्रै विद्यालय बाहिर रहेको जिल्ला शिक्षा कर्याालय चितवनले जनाएको छ ।

जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले अहिले जिल्लामा ९९ दशमलव १८ प्रतिशत भर्ना दर रहेको भन्दै अर्यालले अहिलेको भर्ना अभियानमा शतप्रतिशत भर्ना गराउने योजनाका साथ स्रोत केन्द्रलाई निर्देशन दिइएको उल्लेख गरे ।

भर्ना भएर बालबालिका विद्यालय छाड्ने गरेकाले यो समस्या चुनौतीका रूपमा देखिएको शिक्षा कार्यालय चितवनका विद्यालय निरीक्षक बाबुराम दवाडीको भनाइ छ ।

त्यसैलाई न्यूनीकरण गर्न सरकारले ल्याएको खाजा कार्यक्रम अहिले प्रभावकारी भएको अनुगमनमा पाइएको उनि बताउँछन् । खाजा कार्यक्रमले विद्यार्थी नियमितजसो आइरहेको दवाडीको प्रतिक्रिया छ ।

जिल्लामा योवर्ष कुल ९७ विद्यालयलाई खाजा कार्यक्रममा सहभागी गराइएको छ । ती विद्यालयका सात हजार ७७६ जना विद्यार्थीलाई खाजा उपलब्ध गराउन थालिएको र प्रति विद्यार्थी १२ रुपैयाँका दरले खाजा आउछ ।

यसवर्ष खाजा कार्यक्रमका लागि रु तीन करोड भन्दा बढीको बजेट जिल्लामा आएको छ । चितवनको– ८ गाविस र शक्तिखोर तथा माडी र मेघौलीका केही क्षेत्रमा खाजा कार्यक्रम चलाइएको शिक्षा कार्यालयले जनाएको छ ।

विद्यालय जाने उमेर पुगेका चितवनका विपन्न वर्गका बालबालिकालाई विद्यालय पठाउन समस्या देखिएपछि यसरी कार्यक्रम चलाइएको हो । चितवनको विकट क्षेत्रका स्थानीय चेपाङ प्रतिनिधि दलबहादुर चेपाङले खाजाकै अभावमा बालबालिका स्कुल नजाने गरेको बताए ।

यहाँका चेपाङ परिवारमा अन्नको जोहो हुन नसकेकाले बालबालिकालाई विभिन्न जङ्गली कन्दमूल खोज्न पठाउँछन् भने खानेकुरा बोक्नका लागि पहाडबाट बेसीतिर पठाउने गरेका छन् । जिल्लामा निजीसहित ५५० विद्यालयमा डेढ लाख विद्यार्थी छन् । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर