newskoseli.Com

भीमदत्तनगर तनावग्रस्त, १ को मृत्यु, ५ घाइते : अनिश्चितकालीन कर्फ्यु

 

कञ्चनपुरको भीमदत्तनगरमा जारी आन्दोलनले उग्र रुप लिएपछि शुक्रबार राति ८ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाइएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले अर्को आदेश नभएसम्मका लागि भन्दै कर्फ्यु आदेश जारी गरेका हुन् । शुक्रबार बेलुका आन्दोलन एक्कासि उग्र हुँदा प्रहरी र आन्दोलनकारीबीच झडप समेत भएको थियो ।

ट्राफिक चोकमा भएको झडपमा प्रहरीले गोली चलाउँदा भीमदत्तनगरपालिका– १८ का १४ वर्षीय सनी खुनाको मृत्यु भएको छ भने गोली लागेर घाइते भएका ५ जनालाई महाकाली अञ्चल अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि धनगढीतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर स्रोतले जनाएको छ ।

स्थानीय प्रशासन र सुरक्षा निकायका अधिकारीहरुले मृतकको विषयमा धारणा व्यक्त गर्न मानेका छैनन् । शुक्रबार दिउँसोसम्म सामान्य बन्दै गएको भीमदत्तनगर एकाएक अशान्त बनेपछि प्रशासनले पुनः कर्फ्यु लगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आन्दोलनका कारण स्थिति जटिल बनेपछि प्रशासनले बिहीबार बेलुकी ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म पनि कर्फ्यु लगाएको थियो । साउन १० मा बालिका निर्मलाको हत्या भएको थियो । उनको शव साउन ११ गते उखुबारीमा भेटिएयता कञ्चनपुरको भीमदत्तनगरमा चरणबद्ध आन्दोलन हुँदै आएको छ ।

गृह मन्त्रालयले घटनाको छानबिनका लागि गठन गरेको उच्चस्तरीय टोली शुक्रबार बिहानै भीमदत्तनगर पुगेको थियो । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर