newskoseli.Com

पत्रकार संगठनको विभाजनबारे बोल्यो विप्लवको नेकपा (विज्ञप्तिसहित)

केही दिनयता सडकमा छताछुल्ल भएको ‘क्रान्तिकारी पत्रकार संगठन’ को गुटबन्दी र विभाजनबारे सो संगठनको मातृसंस्था अर्थात् नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मुख खोलेको छ ।

पर्दापछाडि सक्रिय भएर संगठनमा विवाद र गुटबन्दी चर्काउने तथा विभाजन निम्त्याउने अगुवा कार्यकर्ताबारे मौनता साँध्दै सो पार्टीका कार्यालय सचिव ध्रुवले पत्रकार संगठनका सामान्य कार्यकर्ताको नाम नै किटेर सार्वजनिक आलोचना गर्दै हालै अध्यक्ष चयन भएका भनिएका प्रकाश डुम्रे नेतृत्वको पदाधिकारी टिमलाई ‘आधिकारिक’ घोषणा गरेका छन् ।

‘प्रकाश डुम्रेको नेतृत्वमा बनेको टिम नै आधिकारिक रहेको जानकारी गराउँछौं,’ पार्टीको लेटरप्याड र छापसहित आइतबारको मिति उल्लेख गरेर ‘भ्रममा नपर्न आग्रह’ शीर्षकमा सार्वजनिक गरिएको नोटमा कार्यालय सचिव ध्रुवले लेखेका छन्– ‘अन्य सदस्यहरुलाई पनि प्रकाश डुम्रेको नेतृत्वमा गोलबन्द हुन आग्रह गरिन्छ ।’

यस्तो छ नेकपा (विप्लव) को स्पष्टीकरण–

थप यो समाचार पनि पढ्नुहोस्–
विप्लवका पत्रकारमा भाँडभैलो : चलाउनेले संगठन फुटाएको आरोप

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर