newskoseli.Com

विप्लवका पत्रकारमा भाँडभैलो : चलाउनेले संगठन फुटाएको आरोप

 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध ‘क्रान्तिकारी पत्रकार संगठन, नेपाल’ नामक पत्रकार संगठन आन्तरिक किचलोका कारण विभाजित भई दुई टुक्रा भएको छ ।

चन्दको नेतृत्वमा नयाँ पार्टी बनेसँगै अत्यन्तै अपारदर्शी र हुकुमी शैलीमा विप्लव र प्रकाण्डले टीका लगाएर नेतृत्वमा थोपरेका प्रभात चलाउनेको अराजनीतिक, गैरमार्क्सवादी एवं चरम गुटबन्दीपूर्ण कार्यशैली तथा निष्कृय, लाचार र असभ्य गतिविधिका कारण नयाँ पार्टी गठनको तीन वर्ष हुँदानहुँदै पत्रकार संगठन विभाजित भएको सो पार्टीसम्बद्ध पत्रकारहरुको आरोप छ । पत्रकार संगठन विभाजित हुनुमा पत्रकारहरुको मुख्य भूमिका भए तापनि पार्टी नेतृत्वको मिडिया र मिडियाकर्मी/सञ्चारकर्मीलाई बुझ्ने पक्षमा देखापरेको अक्षमता, मनोगत र पूर्वाग्रहपूर्ण व्यवहार समेत उत्तिकै जिम्मेवार रहेको ती पत्रकारहरुको आरोप छ ।

केहीअघि राजधानीमा सो संगठनको तेस्रो राष्ट्रिय सम्मेलन भएको थियो । तर, आन्तरिक किचलो र गुटबन्दीका कारण सम्मेलन असफल भएर त्यत्तिकै टुंगिएको थियो । उक्त सम्मेलनले केन्द्रीय सदस्यहरु चयन गरेको भनिए तापनि अध्यक्षलगायतका केन्द्रीय पदाधिकारी चुन्न सकेन ।

नेकपा (विप्लव) सम्बद्ध पत्रकारहरुले न्युजकोसेलीलाई बताएअनुसार स्थापनाकालदेखि नेतृत्वमा कब्जा जमाएका प्रभात चलाउने र उनी पक्षधरहरु व्यावहारिक रुपमै निकम्मा, लाचार र लम्पट सावित भएपछि पार्टी प्रवक्ता खड्बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायत केही नेताहरु पत्रकार संगठनको नेतृत्वमा आधारभूत परिवर्तन अपरिहार्य भएको निष्कर्षमा पुगेका थिए । पार्टी नेतृत्वको यस्तो मनस्थिति र पत्रकार प्रतिनिधिहरुको अत्यधिक बहुमत संख्याले तेस्रो राष्ट्रिय सम्मेलनमार्फत नयाँ नेतृत्व चयन गर्ने पक्कापक्की देखिएपछि चलाउने समूहले बबन्डर मच्चाएर सम्मेलन नै असफल पारिदिएको थियो ।

सम्मेलनबाट पदाधिकारीहरु चयन हुन नसकेपछि सोही सम्मेलनबाट चयन केन्द्रीय सदस्यहरुको बैठकबाटै पदाधिकारी चयन गर्न दुवै पक्ष सहमत भएका थिए । र, प्रवक्ता प्रकाण्ड मात्र होइन, महासचिव विप्लव समेत केन्द्रीय समितिको बैठकबाटै पदाधिकारी चयन गरेर पत्रकार संगठनको विवाद र झमेला मत्थर पार्ने निष्कर्षमा पुगेको ती पत्रकारहरुको भनाइ छ ।

सिंगै संगठनमा आफूले कब्जा जमाउन नसक्ने अनि अध्यक्षमा समेत फेरि आफैं चयन नहुने पक्कापक्की देखेपछि पार्टी नेतृत्वलाई घुर्की लगाउँदै चलाउने केन्द्रीय कमिटीमै बसेनन् । हिम विष्ट, राजेन्द्र चिमौरिया, आलोक माबुहाङ (लिम्बु), सिर्जना तिम्सिना, मानध्वज लामा, प्रकाश डुम्रे, मोहन पन्तलगायतले छिटोभन्दा केन्द्रीय समितिको बैठक राखेर अध्यक्षसहितका पदाधिकारी चुन्न र सामान्य संगठनको मामुली झगडालाई तन्काएर सिंगै पार्टीको बदनाम नगर्न नेतृत्वलाई निरन्तर दबाव दिँदै आए । आफू सदस्य नै नरहेको केन्द्रीय कमिटीबाट पदाधिकारी चुन्न नदिने र पहिलो बैठकै बस्न नदिई उक्त केन्द्रीय कमिटी खारेज गराउने ‘गेम प्लान’ मा चलाउने समूह निरन्तर सक्रिय रह्यो ।

जम्माजम्मी आधा दर्जन कार्यकर्ताका लागि सिंगो संगठन नै बन्धक बनाउनु नहुने निष्कर्षका साथ तेस्रो राष्ट्रिय सम्मेलनबाट चयन भएका केन्द्रीय सदस्यहरुको केही दिनअघि बैठक बसी पदाधिकारी चयन गर्‍यो । तर, सो बैठकलाई चलाउने पक्षका केही कार्यकर्ताले ‘बहिष्कार’ गरे ।

सोही बैठकले प्रकाश डुम्रेको अध्यक्षतामा पदाधिकारी चयन गरिसकेको सार्वजनिक भएपछि केही दिन चलाउने समूह रनभुल्ल पर्‍यो । र, बिहीबार मात्र आफ्नो असन्तुष्टि सार्वजनिक रुपले छताछुल्ल पार्दै सो समूहले ‘पदाधिकारी चयन भएको कुरामा कुनै आधार नरहेको’ दावी गरेको छ । ‘राष्ट्रिय सभागृहमा उदघाटन भएको तेस्रो राष्ट्रिय सम्मेलनको नगरकोटमा सम्पन्न बन्दसत्रपछि केन्द्रीय समितिको बैठक नै नबसेको र पदाधिकारी चयन गरिएको भन्ने कुरा हल्ला मात्र भएको’ दावी चलाउने समूहले गरेको छ ।

‘सम्मेलनमा प्रहरीले गरेको हस्तक्षेपका कारण हामीले केन्द्रीय समितिको नाम मात्र पारित गरी बाँकी पदाधिकारी केन्द्रीय समितिको पहिलो बैठकबाट चयन गर्ने गरी बन्दशत्र सम्पन्न गरेका थियौं,’ बिहीबार जारी चलाउने समूहको विज्ञप्तिमा भनिएको छ– ‘त्यसपछि आन्तरिक र बाह्य परिस्थितिको अप्ठयारोका कारण अहिलेसम्म केन्द्रीय समितिको बैठक बस्न सकेको छैन । यसै क्रममा केही मान्छेहरुले केन्द्रीय समितिको बैठक बसेर पदाधिकारीको चयन गरिएको भन्दै आफैंले आफैंलाई पदाधिकारी घोषणा गर्ने र समाचार लेखाउने तथा सामाजिक सञ्जालमा बधाई दिन लगाउने अत्यन्तै नीच हर्कत गरिरहेका छन्, यी कुनै पनि हल्ला सत्य नभएको र यस्ता निराधार हल्लामा विश्वास नगर्न हामी सबैमा अनुरोध गर्दछौं ।’

यसरी अत्यधिक बहुमत केन्द्रीय सदस्यहरुको सिंगै बैठक, सो बैठकको व्यवस्थापन र नेतृत्व गर्ने पार्टी एवं जिम्मेवार नेता, उक्त बैठकले निर्णय गरी चयन भएका पदाधिकारी र सिंगै संगठनलाई चुनौती दिँदै अर्धभूमिगत पार्टीसम्बद्ध संगठनको आन्तरिक मामिलालाई सडकमा पुर्‍याएर प्रभात चलाउने समूहले क्रान्तिकारी पत्रकार संगठनलाई त फुटाइदिएको छ नै, सँगसँगै समग्र नेकपा (विप्लव) एवं प्रवक्तासहित महासचिव विप्लव समेतलाई कडा चुनौती दिएको छ ।

अहिले अध्यक्ष घोषणा गरिएका डुम्रे प्रकाण्ड खेमाका भएको आरोप लगाउँदै उक्त समूहले आफूहरु महासचिव विप्लव खेमाको र ‘संस्थापन पक्ष’ भएको दावी गरेको छ । विप्लवका दाइ वीरजंग र चर्चित नेतृ उमा भुजेलका श्रीमानलाई हातमा लिएर प्रकाण्डसहितको दबाबमा प्रकाश डुम्रेलाई अध्यक्ष बनाउन विप्लवलाई बाध्य पारिएको आशंका समेत चलाउने समूहले गरेको छ । प्रकाश डुम्रे साह्रै ‘जुनियर’ भएको दावी गर्दै सो समूहले ‘नत्र भने डुम्रेलाई अहिले नै संगठन अध्यक्ष बनाउन मिल्ने कुनै पनि आधार छैन’ भनेको छ ।

स्मरणीय छ, पत्रकार संगठनको बैठक बस्नु र डुम्रेलाई अध्यक्ष बनाउनुभन्दा निकै दिन अघिदेखि प्रवक्ता प्रकाण्ड राज्यको कब्जामा परी प्रहरी हिरासतमा छन् । सर्वोच्च अदालतले दुई–दुई पटक रिहाइको आदेश दिँदा समेत तेस्रो पटक कब्जामा लिई प्रवक्तालाई थुनामा राखेका बखत भएको बैठक र नेतृत्व चयन प्रक्रियालाई चुनौती दिँदै उनै प्रकाण्डमाथि ‘निराधार आरोप’ लगाउने काम ‘चलाउने समूहको घोर अनैतिक, अमानवीय एवं असभ्य हर्कत’ भएको आरोप सो संगठनको बहुमत पक्षले लगाएको छ ।

यस्तो छ चलाउने पक्षधरहरुको विज्ञप्ति–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर