newskoseli.Com

क्रान्तिकारी माओवादी निकट उद्योगी–व्यवसायी पुनर्संगठित

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट उद्योगी–व्यवसायी पुनर्संगठनमा केन्द्रित भएका छन् । मंगलबार राजधानीमा आयोजित राष्ट्रिय उद्योग–व्यापार–व्यवसायी महासंघको विस्तारित बैठकले १५ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ ।

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ को प्रमुख आतिथ्यता र सो पार्टीका बागमती प्रदेश इन्चार्ज दिनेश शर्मा ‘सागर’ को आतिथ्यतामा सम्पन्न विस्तारित बैठकले यथासिघ्र राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय गर्दै राष्ट्रिय भेला आयोजक समिति गठन गरेको हो ।

जितेन्द्र दाहालको संयोजकत्वमा पुनर्गठित राष्ट्रिय भेला आयोजक समितिका सदस्यहरूमा केशर प्रधान, प्रविन पौड्याल, विजय खड्गी, नवराज ढकाल, तिलक चौलागाईं, दिपक न्यौपाने, हरिकृष्ण खनाल, कृष्णप्रसाद धमेसु, अशोक श्रेष्ठलगायत रहेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर