newskoseli.Com

भूकम्पपछिको नकारात्मक सन्देश हटाउन टानकाे म्याराथन कार्यक्रम

ट्रकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान)ले पहिलो पटक लाङटाङ गोसाइकुण्ड हाफ् म्याराथनको आयोजना गर्ने भएको छ ।

टान स्थापनाको ३८ औँ दिवसको अवसर पारेर मे २९ अर्थात जेठ १६ गते सो प्रतियोगिताको आयोजना गर्न लागेको हो । म्याराथन पर्यटकीय स्थल गोसाईकुण्डबाट सुरु भई लौरीबान, चन्दनबारी हुँदै रसुवाको सदरमुकाम धुञ्चेमा पुगेर समापन हुनेछ । म्याराथनमा सहभागिता जनाउनको लागि विदेशी, नेपाली तथा सबैका लागि खुल्ला गरिएको छ ।

९० जनाले म्याराथनमा सहभागिता जनाउनको लागि आवेदन दिइसकेको बताइएको छ । अहिलेसम्ममा ट्रेकिङ कम्पनीहरुको उत्साहजनक सहभागिता रहेको कार्यक्रमका संयोजक तथा टानका द्वितीय उपाध्यक्ष रामप्रसाद सापकोटाले बताए । उनले लाङटाङ क्षेत्रको विकास र भूकम्पपछिको नकारात्मक सन्देश हटाउने मुख्य उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गरिएको बताए ।

लाङटाङ क्षेत्रमा भूकम्पमा परि ६० जना विदेशीको ज्यान गयो, धेरैलाई अझै यस क्षेत्र असुरक्षित छ भन्ने गलत भ्रम छ । तसर्थ, यसलाई सुधार्ने हाम्रो मुख्य उद्देश्य हो । प्रतिष्ठित् मिडिया हाउसबाट करिब ३० जनाका पत्रकारहरूकाे टाेली याे अायाेजनामा सहभागि हुने टानका मिडिया काेअर्डिनेटर सूर्य बहादुर घिमिरे बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर