newskoseli.Com

गृहमन्त्रीले गरे वार्ताटोलीसँग छलफल, सबै पक्षलाई मूल प्रवाहमा ल्याउन निर्देशन

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले विभिन्न माग राखी आन्दोलनरत सबै पक्षहरुलाई राजनीतिको मूल प्रवाहमा ल्याउनु अहिलेको आवश्यकता भएको बताएका छन् ।

सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित उच्चस्तरीय वार्ता टोलीसँग आइतबार गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री थापाले सबै पक्षहरुलाई राजनीतिको मूल प्रवाहमा ल्याउने गरी वार्ता गर्न टोलीलाई आग्रह गरेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जनाएका छन् ।

गत भदौ ९ को मन्त्रिपरिषद् बैठकले संक्रमणकालमा विविध कारणले वार्ता हुन नसकेका र छुट भएका विभिन्न समूहसँग वार्ता गर्न सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा पूर्वसभासद सुरेश आले मगर, लिला भण्डारी, ताराकान्त चौधरीलगायत सम्मिलित उच्चस्तरीय वार्ताटोली गठन गरेको थियो ।

सोही टोलीसँग भएको छलफलमा गृहमन्त्री थापाले शान्ति, स्थिरता र सुशासन आजको आवश्यकता रहेको भन्दै त्यसलाई सार्थकता दिन सबै पक्षसँग संवादलाई जोड दिन वार्ता टोलीका सदस्यहरुलाई आग्रह गरेका हुन् ।

वार्ता टोलीले गृह मन्त्रालयसँगको समन्वयमा काम गर्ने भएकाले वार्ता टोलीलाई मन्त्रालयका तर्फबाट सबै किसिमका सहयोग हुने जानकारी गृहमन्त्री थापाले सदस्यहरुलाई दिए । टोली गठन भएपछिको अवस्था र वार्ताका लागि भइरहेका प्रयासबारेमा वार्ता समितिका संयोजक पाण्डेले बैठकमा जानकारी गराए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर