newskoseli.Com

मन्त्री महासेठले भने– ठेकेदार कम्पनीमाथि कारबाही गर्छौं

पुल निर्माणमा लापर्बाही गरेको आरोप लागेका पप्पु निर्माण कम्पनीलाई कारबाही गरिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बताएका छन् ।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री महासेठले उक्त कम्पनीले ठेक्का लिएका अन्य आयोजनामा पनि जनगुनासो बढेकाले छानविन आयोग गठन गरिने र उक्त आयोगको सुझव बमोजिम कारबाही गरिने जानकारी दिएका हुन् । ५ प्रतिशत निर्माण कम्पनीका ठेकेदारका कारण अन्य ठेकेदारले पनि दुःख पाएको आफूले महशुस गरेको बताउँदै मन्त्री महासेठले सडक र पुलको निर्माणलाई प्रभावकारी बनाउन पहल गर्ने र यसको अनुभूति नेपाली जनताले केही समयपश्चात मात्र गर्ने चर्चा गरे ।

रकम लिई निर्माणमा बदमासी गर्ने निर्माण कम्पनीलाई १ लाख ५० हजारदेखि ५ करोड रुपैयाँसम्म जरिवाना गरिएकोे र अहिलेसम्म यस्ता १ सय ४५ ठेकेदारहरु कारबाहीमा परेको उनले बताए । सरकारका कारणबाट पनि सडकलगायतका अन्य निर्माणमा ढिलाइ भएको स्वीकार गर्दै मन्त्री महासेठले अब पुराना सबै काम पूरा गरेर मात्र नयाँ निर्माणका लागि बोलपत्र आह्वान गरिने जानकारी दिए ।

यातायात क्षेत्रमा भएको एकाधिकार हटाइएको र एकाधिकार कायम गरउन खोज्ने २ सय ४५ यातायात व्यवसायीको बैंक खाता रोक्का गरी छानबिन समेत भइरहेको चर्चा गर्दै मङ्सिर समान्तसम्म शतप्रतिशत सार्वजनिक यातायातका साधन कम्पनीमा दर्ता हुन आउने र सर्वसाधारणले सुलभ रूपमा सेवा प्राप्त गर्ने विश्वास उनले व्यक्त गरे ।

सहरी तथा नगर क्षेत्रमा सञ्चालित सार्वजनिक सवारी साधनको सिट सङ्ख्याको अनुपातमा २० प्रतिशत मात्र थप यात्रु राख्ने व्यवस्था गरिएकाले यसबाट यात्रु कोचेर राख्ने समस्या अन्त्य हुने समेत मन्त्री महासेठले बताएको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर