newskoseli.Com

त्रिविको निरन्तर अधोगति ! किन घटे ४ वर्षमा साढे २ लाख विद्यार्थी ?

चार वर्षमा त्रिभुवन विश्वविद्यालयमा झन्डै साढे दुई लाख विद्यार्थी घटेका छन् । ०७२ मा आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा गरी ६ लाख ४ हजार ४ सय ३७ भर्ना भएकामा ०७५ मा जम्मा ३ लाख ६७ हजार ४ सय २७ मात्र भर्ना भएका छन् ।

केही वर्षयता त्रिविमा निरन्तर विद्यार्थी संख्या घटेको छ । आंगिकमा मात्र होइन, त्रिविका सम्बन्धन प्राप्त क्याम्पसमा समेत विद्यार्थी संख्या घटेको हो । ०७२ मा आंगिकमा २ लाख ७३ हजार ३ सय ४९ र सम्बन्धनप्राप्त क्याम्पसमा ३ लाख ३१ हजार ८८ गरी ६ लाख ४ हजार ४ सय ३७ विद्यार्थी भर्ना भएका थिए ।

०७३ मा अघिल्लो वर्षभन्दा झन्डै २ लाख विद्यार्थी घटेका छन् । सो वर्ष आंगिकमा १ लाख ६९ हजार ८ सय ६५ र सम्बन्धन प्राप्त क्याम्पसमा २ लाख ६६ हजार ९ सय १६ गरी जम्मा ४ लाख ३६ हजार ७ सय ८१ विद्यार्थी मात्र भर्ना भए । ०७४ मा पनि विद्यार्थी संख्या निरन्तर घट्यो । सो वर्ष त्रिविका सबै क्याम्पसमा गरी ३ लाख ६० हजार २ सय ५४ विद्यार्थी मात्र भर्ना भए ।

०७५ मा अघिल्लो वर्षभन्दा कूल विद्यार्थी संख्या ७ हजार बढेको त्रिविको तथ्यांक छ । ०७५ मा आंगिकमा १ लाख ४२ हजार २ सय ९६ र सम्बन्धनप्राप्तमा २ लाख २८ हजार ९ सय ६ गरी ३ लाख ६७ हजार चार २७ विद्यार्थी भर्ना भएको खबर भवानीश्वर गौतम/रोहेज खतिवडाको बाइलाइनमा बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर