newskoseli.Com

प्रशासकहरु ‘शासक’ होइनन्, जनताका ‘सेवक’ : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रशासकहरुले आफूलाई शासकका रुपमा प्रस्तुत नगरी जनताको सेवकका रुपमा प्रस्तुत गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रशासन सेवाका पदाधिकारीहरुका लागि कानुन र न्यायसम्बन्धी तीन महिने सेवाकालीन तालिम कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै गृहमन्त्री थापाले राष्ट्रको समृद्धि र विकासमा योगदान गर्ने उद्देश्यसहित सबै प्रशासकले काम गर्नुपर्ने बताएका हुन् ।

भ्रष्टाचार नै विकासको प्रमुख बाधक भएको भन्दै यसविरुद्ध सबैको साथ र समर्थन आवश्यक रहेकोमा गृहमन्त्री बादलले जोड दिए । उनले भने– ‘केही प्रशासकहरु भ्रष्टाचार गर्छन्, काममा जानाजान ढिलासुस्ती गर्छन् भन्ने आरोप लाग्ने गरेको छ, यसलाई तपाईंहरुले चिर्नुहोस् । ’

प्रशासकहरुले अहिलेका नियम–कानुन बुझ्नका लागि समेत यो तालिम उपयोगी हुने भन्दै गृहमन्त्री बादलले भने– ‘हामीले अपराधलाई नियन्त्रण गर्न सक्यौं, अपराधीलाई दण्डित गर्न सक्यौं र नागरिकको रक्षा गर्न सक्यौं भने मात्रै हामी सफल हुन्छौं, यसका लागि विधिसम्मत ढंगले काम गर्नु जरुरी हुन्छ ।’

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव राजिव गौतमले प्रशासकहरुले अर्धन्यायिक निकायका रुपमा समेत काम गर्नुपर्ने भन्दै तालिमपश्चात काममा सहजता आउने विश्वास व्यक्त गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर