newskoseli.Com

विमलेन्द्रको विरोध : आस्थाका आधारमा सरकारले भेदभाव गर्‍यो

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारले दुई तिहाइको दम्भ देखाउँदै आस्थाका आधारमा भेदभाव समेत गरेको आरोप लगाएका छन् ।

नेपाल दलित सङ्घ प्रदेश नं. २ स्तरीय प्रशिक्षण कार्यक्रमको मंगलबार जनकपुरमा उदघाटन गर्दै उपसभापति निधिले भने– ‘सङ्घीयतालाई कमजोर बनाउन सरकार उद्यत् देखिएको छ ।’ सरकारले सम्पूर्ण संयन्त्रमा आस्थाका आधारमा भेदभाव गरिरहेको दुःखेसो उनले पोखे ।

नेपाल दलित सङ्घ प्रदेश नं. २ मधेश सङ्गठन विभाग प्रमुख रामवरण पासवानको अध्यक्षतामा भएको सो कार्यक्रममा दलित सङ्घका अध्यक्ष मीनबहादुर विश्वकर्मा, कांग्रेसका केन्दीय सदस्य महेन्द्र यादव, पूर्वकेन्द्रीय सदस्य रामकृष्ण यादव, कांग्रेस धनुषा सभापति महेशशङ्कर गिरी र प्रदेश नं. २ मा प्रदेशसभाका प्रतिपक्षी दलका नेता रामसरोज यादवले जातिगतभन्दा विचार र व्यवहार उच्च हुनु जरुरी भएको बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर