newskoseli.Com

नेकपा नेता मायाप्रसादले अस्वीकार गरे प्रदेश सचिवको जिम्मेवारी

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयले तोकेको प्रदेश सचिवको पद सो पार्टीका नेता मायाप्रसाद शर्मा ‘पारसमणि’ ले अस्वीकार गरेका छन् ।

बैठकले पूर्वमाओवादी नेता शर्मालाई प्रदेश– ६ (कर्णाली प्रदेश) को सचिव तोकेको थियो । सचिवको जिम्मेवारी पाएको सार्वजनिक भए लगत्तै शर्माले सामाजिक सञ्जाल ‘फेसबुक’ मा ‘स्ट्याटस’ लेख्दै आफू सो पदमा नरहने सार्वजनिक जानकारी गराएका छन् ।

‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयले नियुक्त गरेको भनिएको कर्णाली प्रदेशको सचिव पदमा नरहने कुराको जानकारी गराउँछु’– नेता शर्माले ‘फेसबुक’ मा लेखेका छन् । मोहन वैद्य ‘किरण’ नेतृत्वको पार्टीबाट अलग भई रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा प्रचण्ड नेतृत्वको पार्टीसँगको एकतामा सामेल भएका नेता शर्माले पार्टीभित्र ‘पोर्टफोलियो’ नमिलाइएका कारण असन्तुष्ट भएकाले सचिव पद अस्वीकार गरेको उनी निकट स्रोतहरुको दावी छ ।

इतिहास, योगदान र आन्दोलनको वरिष्ठतालाई च्यातचुत पार्दै अध्यक्षद्वय केपी ओली र प्रचण्डले जे–जे भन्यो, त्यही–त्यही हुने कुरा आफूलाई मान्य नहुने चेतावनी उनले पार्टीभित्र दिइसकेको बताइन्छ ।

याे पनि पढ्नुहाेस्–
नेकपाले टुंग्यायो प्रदेशका नेताहरू : को–को, के–केमा ? (नामावलीसहित)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर