newskoseli.Com

नेकपाले टुंग्यायो प्रदेशका नेताहरू : को–को, के–केमा ? (नामावलीसहित)

एमाले–माओवादी केन्द्र एकीृकत भएर बनेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश कमिटीका पदाधिकारीहरुको टुंगो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको नाम टुंगो लगाएको हो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको सहमतिपछि बसेको बैठकले सातै प्रदेशका पदाधिकारी सर्वसम्मत चयन गरेको सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ ले जानकारी दिएका हुन् ।

एकता अघिका दुई घटक पूर्वएमाले र पूर्वमाओवादी केन्द्रबीच इन्चार्ज र अध्यक्षमा भागवण्डा मिलाएर इन्चार्ज र अध्यक्ष तोकिए तापनि प्रदेश– १ र प्रदेश– ७ मा भने इन्चार्ज तथा अध्यक्ष दुबै पूर्वएमालेबाटै परेका छन् ।

यस्तो छ ७ प्रदेशमा नेकपाका पदाधिकारीको सूची–

प्रदेश– १

इन्चार्जः भीम आचार्य
सहइन्चार्जः सावित्रीकुमार काफ्ले
अध्यक्षः देवराज शर्मा
सचिवः सुरेश राई

प्रदेश– २

इन्चार्जः सत्यनारायण मण्डल
सहइन्चार्जः विश्वनाथ शाह
अध्यक्षः प्रभु साह
सचिवः सुमन पोखरेल

प्रदेश– ३

इन्चार्जः अष्टलक्ष्मी शाक्य
सहइन्चार्जः हितबहादुर तामाङ
अध्यक्षः नारायण दाहाल
सचिवः आनन्द पोखरेल

प्रदेश– ४ (गण्डकी प्रदेश)

इन्चार्जः पृथ्वीसुब्बा गुरुङ
सहइन्चार्जः खगराज अधिकारी
अध्यक्षः हितराज पाण्डे
सचिवः गोविन्द नेपाली

प्रदेश– ५

इन्चार्जः शंकर पोखरेल
सहइन्चार्जः दलबहादुर राना
अध्यक्षः ओनसरी घर्ती
सचिवः जगप्रसाद शर्मा

प्रदेश– ६ (कर्णाली प्रदेश)

इन्चार्जः जनार्दन शर्मा
सहइन्चार्जः ओमलाल कँडेल
अध्यक्षः गोरखबहादुर बोगटी
सचिवः मायाप्रसाद शर्मा

प्रदेश– ७

इन्चार्जः भीम रावल
सहइन्चार्जः लक्ष्मी जोशी
अध्यक्षः कर्णबहादुर थापा
सचिवः सिंहराज चौधरी

याे पनि पढ्नुहाेस्–
नेकपा नेता मायाप्रसादले अस्वीकार गरे प्रदेश सचिवको जिम्मेवारी

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर