newskoseli.Com

कांग्रेसमा देउवाविरुद्ध मोर्चाबन्दी : पौडेलसहितका धेरै नेता संगठित

कांग्रेस सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टी सञ्चालन गर्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका धेरै नेता देउवाको विपक्षमा संगठित हुन थालेका छन् ।

संस्थापनइतर पक्ष छिन्नभिन्न बन्दा देउवाको कार्यशैली झनै एकलौटी हुने भन्दै पौडेलले मोर्चाबन्दी सुरु गरेका हुन् । पौडेलले बालाजुस्थित धौलागिरि सहकारीको कार्यालयमा मंगलबार भेला डाकेका थिए । भेलामा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू शेखर कोइराला, रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, गगन थापा, नवीन्द्रराज जोशी, प्रदीप पौडेलसहितका नेता उपस्थित थिए ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला भने त्यहाँ गएनन् । पारिवारिक कारणले सिटौला अनुपस्थित भएको नेता अर्जुननरसिंह केसीले बताए । नेविसंघको अधिवेशन, विधान संशोधन, क्रियाशील सदस्यता वितरणजस्ता मुद्दामा देउवाले एकलौटी गर्न खोजेको पौडेल पक्षको आरोप छ ।

महाधिवेशनको तयारी अघि नबढेसम्म सभापतिको उम्मदेवारी घोषणा नगर्नेमा पौडेलपक्षीय नेताहरु सहमत भएका छन् । यो पक्षबाट सभापतिको उम्मेदवार बन्न पौडेल आफैं इच्छुक छन् । उनीबाहेक महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य शेखर कोइरालाले पनि उम्मेदवारीमा दाबी गर्दै आएको खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर