newskoseli.Com

ओली–प्रचण्डबीच छलफल : नेकपाले बोलायो सचिवालय बैठक

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार बिहान करिव २ घन्टासम्म चलेको छलफलपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक आइतबारका लागि बोलाइएको छ ।

पार्टी एकताका बाँकी काम, केन्द्रीय तहदेखि क्रमशः तन्कँदै गएको विवाद तथा सरकार सञ्चालनका बारेमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको हो । बैठक बोलाइएको महासचिव विष्णुप्रसाद पौडेलले पुष्टि गरे ।

पार्टी र सरकार सञ्चालनमा अध्यक्षद्वयले एकलौटी गरेको भन्दै नेकपाभित्र पछिल्लो समय वरिष्ठ नेता माधवकुमार नेपालले चर्को असन्तुष्टि जनाउँदै पार्टीमा असहमतिपत्र समेत दर्ज गरेका छन् । दुवै अध्यक्ष विदेश भ्रमणमा रहेका बेला नेपालले संसदमा सरकारको आलोचना गरी स्थायी समितिका सदस्यहरुको चियापान कार्यक्रम समेत गरेका थिए ।

नेकपामा नेताहरुलाई दोहोरो जिम्मेवारी नदिइने भनिए पनि प्रदेश कमिटीको नेतृत्व चयन गर्दा आफू नजिकका नेताहरुलाई दोहोरो जिम्मेवारी दिएको भन्दै नेपालले विरोध गरेका छन् । यस सन्दर्भमा आयोजना गरिएको सचिवालय बैठकलाई सर्वत्र चासोका साथ हेरिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर